पन्चासे समाज बेलायतको ल्होछार सम्पन्न

सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम –
मिचेट, बेलायत – प्रत्येकवर्ष सम्पन्न गरिने नयाँवर्ष र ल्होछारको कार्यक्रम पञ्चासे समाज यूकेको वार्षिक साधारण सभाको अवसरमा गरिन्छ। यस वर्षको कार्यक्रम समाजका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा मिचेट, ह्याम्पहशासर स्थित तमुधिं यूकेको हलमा अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ।

समाजका संस्थापक अध्यक्ष ले.रि. दानबहादुर गुरुङ र सभाध्यक्षले पानसमा द्वीप प्रज्वलन गरेर सम्पन्न गरिएको कार्यक्रमलाई समाजका महासचिव जया बहादुर गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालन पूर्व समाजका सल्लाहकार आरकुमार गुरुङले बेलायतको कानून बमोजिम कुनैपनि सामुहिक कार्यक्रममा सहभागीहरुलाई अनिवार्य अवगत गराउनु पर्ने स्वस्थ्या र सुरक्षाबारे प्रकाश पारेका थिए । यसपटक प्रत्तिवेदन प्रस्तुति संगसंगै मन्तव्य प्रकट गर्नेक्रम क्रमिक रुपमा राखेको थियो।

समाजका वरिष्ठ उपाध्यक्ष शिवराम गुरुङले स्वागत मन्तव्यमा भाषा, परम्परा र संस्कारलाई निरन्तर दिनका लागि समाजका सबै सहभागीहरुलाई ऐक्यबद्धता कायम राख्न आग्रह गरेका थिए । समाजका महासचिवले आफ्नो प्रत्तिवेदन अत्यन्त सरल र संक्षेपमा वर्षभरिका क्रियाकलापहरु, महत्वपूर्ण कार्यहरु र समाजले दिएको अभिलेखहरु उपर प्रकाश पारेका थिए । त्यसैगरी समाजका कोषाध्यक्ष टेकबहादुर गुरुङले समाजको कोषको बारेमा सपोर्टिङ डाकुमेन्ट समाजका अध्यक्षलाई पेश गरेर विवरण प्रस्तुत गरेका थिए । दुवै प्रत्तिवेदनहरु हलले तुरुन्त पारित गरेर कार्यक्रम अघि बढेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेक्रममा समाजका आमासमुहकी अध्यक्ष सारादेवीले सबै एकजुट भएर उठौ भन्दै आफ्नो कविता वाचनद्वारा समारोहलाई नौलो उँचाई थपेको थियो । समाजका सदस्य थम विकले मन्तव्य दिने क्रममा आफ्नो धर्म, परम्परा र संस्कारलाई जगेर्ने गर्न सुनिश्चित गर्ने तथा हक अधिकारका लागि अवाज उठाउनु पर्छ भनेर मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरि अन्य मन्तव्य प्रकट गर्नेहरुमा समाजका सल्लाहकार क्या.रि. भोगबहादुर गुरुङ, श्री कृष्णबहादुर गुरुङ र हरिकाजी गुरुङ रहेका थिए।

क्या.रि भोगबहादुरले समाजलाई सबैको सहयोगको आवश्यकता पर्छ भनेर मन्तव्य दिएका थिए भने कृष्णबहादुर गुरुङले समाजकौ औचित्य र समाज स्थापना भएको कारणले नै हामी सबै यसरी भेला हुन पाएका हौ भनि विशेष समाज निर्माणका पहलमा रहेकाहरुलाई आभार व्यक्त गरेका थिए । उनले आफ्नो गाउँ चित्रेमा स्कुल मैदानका लागि हङकङबाट पहल भएको स्मरण गराउँदै आफूले भाईहरु समेत मिलेर जग्गा दान गरेको कूरा प्रकाश पारेका थिए । स्मरण रहोस पञ्चासे सहयोग समिति हङकङका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा सो मैदानका लागि सन् २००६मा अक्षेरुपी दुईलाख पचपन्न हजार सङ्कलन गरेर समाजका सल्लाहकार तथा पूर्व प्रधानपञ्च, धनबहादुर गुरुङ मार्फत रकम पठार्ईएको थियो।

कृष्णबहादुर गुरुङका जग्गा अनुदान तथा स्व. गुमा गुरुङका जग्गा अनुदान सहित दुर्गा विकको भागमा रहेको जग्गालाई मुआवजा स्वरुप रकम भुकतान गरेर अहिलेको स्कुल मैदान निर्माण भएको छ। बेलायत तथा स्थानीय वासिन्दले पनि त्यस खेलकुद मैदानका लागि रकम अनुदान गरेका छन् । सकारात्मक मन्तव्यहरुको झडि माझ समाजका क्रियशिल व्यक्तित्व हरिकाजी गुरुङले सबैलाई प्रशंसा गर्दै एउटा सुमधुर गीत सुनाएर मञ्चबाट विदा लिएका थिए । अन्तमा अध्यक्ष सुमलकुमार गुरुङले समाजको अहिलेसम्म भएगरेका महत्वपूर्ण योगदानहरु, बेलायतमा तथा नेपालको पन्चासे क्षेत्रमा प्रदान गरेका, समाजको हितका लागि गरिनुपर्ने सकारात्मक योगदान र ऐक्यबद्धताका लागि आव्हान गर्दै सबैलाई धन्यवाद र आभार व्यक्त गरेर औपचारिक कार्यक्रम समापन गरेका थिए । स्वादिष्ट भोजन ग्रहण पश्चात सबैजना खुशीको नाचमा मस्त रहेका थिए।





Comments

comments

Leave a Reply

10524