हङकङमा जगत रानासंगको एकल साँगीतिक साँझ

जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम –
हङकङ। गायक जगत रानाको एकल साँगीतिक साँझ शनिवार हङकङमा सम्पन्न भएको छ।

जगत रानासंगको एक साँझ ‘रमाइलो शनिबार’ नाम दिइएको साँगीतिक कार्यक्रम जोर्डनस्थित कंगन रेष्टुरेण्टमा यहाँका संगीतप्रेमी श्रोता तथा दर्शकमाझ सम्पन्न भएको हो।

लाङ्घाली कल्याण समाज हङकङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा गायक रानाले सुमधुर र कर्णप्रिय गीतहरु पस्केका थिए। कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगर प्रमुख अतिथि र हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ विशेष अतिथिका रुपमा उपस्थित थिए। समाजका अध्यक्ष गोपाल थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हर्क राना मगरले गरेका थिए।

तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

10620