यौन सम्पर्क राख्न नमान्दा नेहा पुन (योरुना) को हत्या, अभियुक्त खड्गी पक्राउ

सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् । उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतीशलाई गाली गरिन् । त्यसपछि ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चूर भएका सतीशले ३/४ पटक टाउकोमा हानेपछि नेहा त्यहीं ढलिन्।

अडियो रिपोर्ट:

पोखरा, २५ माघ। नायिका नेहा पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ। प्रहरी स्रोतका अनुसार पोखरा न्युरोडका सतीश खड्गी नेहा हत्या गरेको अभियोगमा आइतबार पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार प्रहरीसँग गरिसकेका छन् । सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानमा खुलाएको छ। त्यस रात नेहा काम सकेर सतीशसँगै मोटरसाइकलमा घर फर्केकी थिइन्।


सतीश खड्गी, फोटोः @Ashok_kd बाट

स्रोतका अनुसार, सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् । उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतीशलाई गाली गरिन् । त्यसपछि ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चूर भएका सतीशले ३/४ पटक टाउकोमा प्रहार गरेपछि नेहा त्यहीं ढलिन् । त्यसपछि सतीशले नेहालाई त्यही छाडेर हिँडे। आज प्रकाशित समाधान दैनिकमा खबर छ।

माघ १९ गते मर्निङ वाक गएका सर्वसाधरणले नेहाको शव देखे र प्रहरीलाई गरे नेहाको शव उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो। उनको शव कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो । हत्या भएको भन्ने पक्का भयो तर कसरी भयो ? कसले गर्‍यो भन्ने प्रहरीलाई थाहा भएन । घटनामा संलग्नको पहिचान खुलेन । अनुसन्धानमा जुट्यो।


सतीश खड्गी

त्यसपछि कास्की प्रहरीले सतीशसहित धेरैलाई अनुसन्धानको दायरामा ल्यायो । तर केही खुल्न सकेन । हत्याकै दिन प्रहरले नियन्त्रणमा लिएर सतीशसँग बयान लियो । नेहालाई १८ गते राति इन्द्र चोकमा छाडेको बयान दिए । अन्य सुराकमा कास्की प्रहरी जुटिरह्यो । अनि कास्की प्रहरीले शंका सतीशमाथि गर्‍यो। अरु दिन घरमै छाड्ने सतीशले त्यस दिन किन इन्द्रचोकमा लगेर छाड्यो । केटी मान्छेलाई त्यति राति एक्लै छाड्ने कुरै हुँदैन।


सतीश खड्गी

त्यहींबाट प्रहरीले अनुसन्धान थाल्यो। सबै प्रमाण जुट्दै गर्दा सतीशले एक पछि अर्को गर्दै सबै कुरा प्रहरीसामु खुलासा गरेका हुन्।

पुन हत्या छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली खटिएको थियो । टोलीमा प्रहरी निरीक्षकद्वय देवी पौडेल, गंगा थापा, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षकद्वय युवराज कार्की र भद्रकृष्ण पौडेल छन्।

यसैबीच, प्रहरीले अभियुक्त सतीश भन्ने कृतन खड्कीको बयानसहित प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।


थप फोटोहरु यहाँ हेर्नुहोस्। फोटोः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम

Neha Pun ( नेहा पुन ) | Yoruna Pun ( योरुना पुन ) Rape and Murder Case





Comments

comments

Leave a Reply

10966