फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

एचकेनेपाल डट कम संवाददाता –
लण्डन, गोरखा परिवारका हक अधिकार, सुबिधा र प्रतिष्ठाका लागि आन्दोलनरत पूर्व बेलायती गोर्खा सैनिकहरु आज आइतवार लण्डनको टेन डाउनिङ् स्ट्रिटमा भेला हुने भएका छन्।


फाइल फोटो

वेलायत सरकारलाई सामुहिक आमरण अनसनको अल्टिमेटम दिएको समयसिमा सकिनै लाग्दा गोरखा परिवारका हक अधिकार, सुबिधा, अस्तित्व र प्रतिष्ठाको लागि भन्दै लण्डनको टेन डाउनिङ् स्ट्रिट (प्रधानमन्त्री कार्यालय अघि) भेला हुन गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आह्वान गरिएको हो।


वक्तव्यको पूर्णपाठ

यूकेवासी गोरखा दाजुभाइ तथा दिदी बहिनीहरुलाई सूचना:
तपाईहरुलाई अवश्य अवगत छ कि, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले सम्पूर्ण गोरखा परिवारका हक अधिकार, सुबिधा र प्रतिष्ठाका लागि वेलायत सरकारलाई सामुहिक आमरण अनसनको अल्टिमेटम दिएको समय सिमा यहि २४ अप्रिल २०१६ (आईतबार) पुरा हुदैछ।

त्यसर्थ वेलायतमा रहेका सम्पूर्ण गोरखा एवं गोरखा परिवारहरु उक्त दिन (२४ अप्रिल) लण्डनको टेन डाउनिङ् स्ट्रिट (प्रधानमन्त्री कार्यालय अघि) परिस्थितिजन्य घोषणासभामा उपस्थित हुन सबैमा यो सूचना प्रवाह गरिएकोछ।

उक्त दिन ब्रिटिश भेट्रानहरुको स्वतस्फूर्त रुपमा सहभागी र ऎक्यवद्धता रहनेभएकाले हामी आफ्नै आन्दोलनमा सहभागी नहुने त प्रश्नै उठ्दैन।

त्यसर्थ आफ्नो अधिकार र अस्तित्वको यो निर्णायक घडिमा सहभागी भएर हामी गोरखाको साहासिक एकता प्रदर्शन गर्न सक्नुपर्दछ। यसको लेखाजोखा इतिहासले अवश्य गर्ने नैछ। जय गोरखा !!!
मिति: २४ अप्रिल २०१६ (आइतबार)
समय: ११ बजे
स्थान: टेण्डाउनिङ स्ट्रिट, लण्डन

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12158