बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो।


(यसअघि पनि दुई नेपाली युवती बेलायती सेनामा भर्ती भएका छन्।)

यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए। बेलायत भ्रमणबाट फर्केपछि आफ्नो कार्यकक्षमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा सभामुख घर्तीले भनिन्,‘नेपाली महिला पनि बेलायती सेनामा भर्ती हुने भएका छन्।’

बेलायती अधिकारीले सभामुख घर्तीसँग बेलायती सेनामा नेपाली महिलालाई भर्ती गर्दा के होला भनी परामर्श गरेका थिए। घर्तीले आफूले बेलायती अधिकारीलाई दिएको जवाफ फर्काइन्,‘नेपाली महिला नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन्। तपाईंहरुले पनि आफ्नो सेनामा नेपाली महिलालाई लिन सक्नुहुन्छ।’अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।

बेलायती अधिकारीहरुले आफूहरुको सल्लाहपछि यस विषयमा निर्णय लिने प्रत्युत्तर दिएको घर्तीले बताइन्।

अरु गोर्खा खबरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12180