बेलायतमा गोर्खालीहरुको विशाल जानकारी सभा हुंदै

एचकेनेपाल डट कम संवाददाता –
लण्डन। गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके नेपालले बेलायतमा विशाल जानकारी सभाको आयोजना गर्ने भएको छ।

गोर्खाहरुको हक अधिकार र अस्तित्वको लागि चलिरहेको मुद्दाको अवस्थाबारे जानकारी गराउन समितिले मे १५ तारिखका दिन विशाल जानकारीसभाको आयोजना गरिन लागेको समितिले जनाएको छ।

समयसंगै अवसरहरु पनि गुग्रने हुनाले पछि गुनासो र आरोप-प्रत्यारोप गर्नुभन्दा जानकारी सभामा उपस्थित भएर गोर्खा मुद्दाको यथार्थ बुझ्न समितिले आह्वान गरेको छ।

यस्तो छ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके नेपालले जारी गरेको सूचना

सम्पूर्ण गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरुलाई जरुरी सूचना !!!
———————————————–
गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको जानकारीसभा आश्फोर्ड, मेडिस्टन, फोल्कस्टन र क्याण्टवरीका लागि निम्न मिति, स्थान र समयमा आयोजना गरिएको जानकारी गराउदछौं।

त्यसर्थ सम्पूर्ण गोरखा परिवारहरुलाई अनिवार्य उपस्थित भई आफ्नो हक अधिकार र अस्तित्वको मुद्धा कुन अवस्थामा पुग्यो ? यथार्थ बुझ्न अत्यावस्यक छ। समयसंगै अवसरहरु पनि गुज्रने हुनाले पछि गुनासो र आरोप-प्रत्यारोप गरेर कसैलाई फायदा हुदैन। त्यसर्थ गोरखा सत्याग्रह सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ।

मिति: १५ मे २०१६ (आइतवार)
समय: ११:३० बजे
स्थान: क्राइस चर्च हल,
बिभर रोड,
आश्फोर्ड, केन्ट
Post code: TN23 7SR

• गोरखा सत्याग्रह संयुक्त
संघर्ष समिति-यूके नेपाल
०७ मे २०१६

(यो सूचना सबैलाई फरवार्ड गरिदिनु होला)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12364