हङकङका नवनियुक्त महावाणिज्यदूत भट्टराईद्वारा कार्यभार ग्रहण, जनजातिको विरोध कायमै (प्रेस विज्ञप्तिसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २३ मे। हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले अाफ्नो कार्यभार सम्हालेका छन्।


तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

हङकङ आएकै भोलिपल्ट विहीवारदेखि महावाणिज्यदूत भट्टराईलेले आफ्नो कार्यभार सम्हालेका हुन्।

सरकारले हङकङका लागि रिक्त रहेको महावाणिज्यदूतमा भट्टराईलाई हालै नियुक्त गरेको थियो।

भट्टराई नियुक्त भएको खबर पाएपछि यहाँका स्थानीय जनाजति नेताहरु क्रुद्ध बनेका छन्।

यसैबीच, आदिबासी जनजाति महासंघ हङकङले आजै एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस कदमप्रति विरोध जनाएको छ।

प्रेस विज्ञप्तिमा भनेको छ -‘एक दशकदेखिको आन्दोलन र मागलाई नजरअन्दाज गर्दै नेपालको संविधान विपरित नेपाल सरकारले गरेको हङकङका लागि नेपाली महावाणिज्यदूतको नियुक्ती खारेजीको लागि दायर गरिएको रिटलाई बेवास्ता गर्दै कमलप्रसाद भट्टराई कार्यभार सम्हाल्न आइपुगेकोमा हामी घोर विरोध गर्दछौं ।’

‘यस स्थितिमा ज्ञापनपत्र, विरोध र्याली, धर्ना हुदै बहिष्कारमा पुगेको आन्दोलन यथावत रहेको सम्पूर्णमा जानकारी गराउँदछौं । अतः महावाणिज्यदूत कमलप्रसाद भट्टराईको संलग्नतामा कुनै पनि कार्यक्रम नगरिदिन हुन सम्पूर्ण संघसंस्थाहरुमा विनम्रताका साथ अनुरोध गर्दछौं ।’

उनीहरुले सन् २००६ देखि हङकङमा जनजातिमूलका महावाणिज्यदूत हुनु पर्ने माग राख्दै आएका छन्।

उनीहरुले ९८ प्रतिशत जनजातिहरुको बाहुल्य रहेको हङकङको नेपाली समाजमा जनजातिमूलकै महावाणिज्यदूत हुनु पर्ने माग राख्दै राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुहरुलाई भेटेर माग पत्रसमेत बुझाएका थिए।

सरकारले आफूहरुको माग वेवास्ता गरेर पटक पटक गैरजनजातिकमूलको पठाएको भन्दै हङकङ पठाएका पूर्वमहावाणिज्यदूतहरुलाई जनजातिहरुले बहिष्कार गर्दै आइरहेका छन्।

केही दिनअघि महासंघ हङकङका अध्यक्ष एमबी थापा मगरले एचकेनेपाल डट कमसंग बोल्दै विगतका जस्तै नवनियुक्त महावाणिज्यदूत भट्टराईप्रति आफूहरुको असहयोगको भावना यथावत रहने बताएका थिए।


प्रेस विज्ञप्तिको पूर्ण विवरणः





Comments

comments

Leave a Reply

12625