पोर्चुगलमा यसरी भब्य भयो… ‘महजोडीको महजात्रा!’

सुनिल संगम / एचकेनेपाल डट कम –
लिस्बन, गैरआबासीय नेपाली संघ पोर्चुगलको आयोजनामा भएको महजात्रा-२०१६ शान्त सालिन र उदाहरणीयका साथ भब्य रुपमा सम्पन्न भएको छ।

एनआरएन पोर्चुगलको प्रमुख आयोजना तथा नेपाली बाणिज्य दूताबास र जुन्ता फर्गेसिया दा आरोईसको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब १००० दर्शकहरुको उपस्थिति रहेको थियो। लिस्बनका लागि अबैतनिक बाणिज्यदूत मकर बहादुर हमाल, आयोजक संस्था एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल र जुन्ता फर्गेसिया दा आरोईसका प्रतिनिधि डा.एरिनाले पानसमा दीप प्रजोलन गरि संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्यक्रम पोर्चुगलमा अहिलेसम्म कै उत्कृष्ट, भब्य र यति धेरै दर्शक उर्लिएको पहिलो कार्यक्रम हो यस भन्दा अघि कुनै पनि कार्यक्रममा दर्शकहरुको यस्तो बृहत र बाक्लो उपस्थिति थिएन।

एनआरएन केन्द्रिय महिला बिभागको बिशेष आमन्त्रणमा युरोप भ्रमणमा रहेका नेपालका बहुचर्चित राष्ट्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरि बंश आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ र मोहित आचार्यको संयुक्त प्रस्तुति रहेको बिशेष मनोरन्जनात्मक कार्यक्रम महजात्राको आयोजना राजधानी लिस्बनमा एनआरएन पोर्चुगलले गरेको थियो ।

सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको परोपकारी कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ ।

आयोजक संस्था एनआरएन पोर्चुगलले कार्यक्रमलाई निकै मेहनतका साथ मर्यादित तथा अनुशासित बनाएका थिए । जुन्ता फर्गेसिया दा आरोइस लिडिल आन्जुस नजिकको हलमा आयोजित उक्त कार्यक्रम गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलको अध्यक्षमा सम्पन्न भएको थियो । लिस्बनका लागि अवैतनिक बाणिज्यदुत मकर बहादुर हमाल प्रमुख अतिथि, जुन्ता फर्गेसिया दा आरोइसका प्रतिनिधि डा. एरिना, एनआरएन आइसीसी महिला उप-संयोजक रजनी प्रधान बिशेष अतिथि र आइसिसि सदस्य रमेश कुमार गुरुङ लगायत विभिन्न संघ संस्था र समाजसेबी तथा ब्यबसायीहरु अतिथिका रुपमा उपस्थित थिए ।

नेपालका राष्ट्रिय कलाकारहरुले भरपूर मनोरंजन दिएको उक्त कार्यक्रममा स्पेन र जर्मनबाट पनि दर्शकहरु आएका थिए भने ९४ बर्षका वृद्धको पनि उत्साह जनक उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै मिर्गौला फेल भएका सुब्रत रिमालका निम्ति एनआरएन पोर्चुगलको रिमाल बचाउ अभियान अन्तर्गत १२०९ यूरो र २० पाउण्ड सहयोक पनि संकलन भएको थियो भने कार्यक्रमको अन्त्यमा चर्चित कलाकारहरुसंग फोटो खिच्नेहरुको ओइरो नै लागेको थियो ।

तस्वीरहरुः सुनिल संगम / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

12678