बहुप्रतिभाकी धनि अनु गुरुङ गायनदेखि मोडलिङसम्म

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ : गुल्मी-९ दिबुङ स्थायी निबासी गायिका अनु गुरुङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल चर्चित नाम हो।

नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ। विभिन्न मेला महोत्सब स्टेज कार्यक्रमदेखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्।

दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन। गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता एक दर्जनभन्दा बढी एलबमहरू बजारमा ल्याईसकेकी छिन् ।

बिशेष गरी लोक दोहोरी क्षेत्रमा चर्चित बन्न सफल गायिका अनुमा हर प्रकारका गीत गाउन सक्ने क्षमता छ । उनी भन्छिन् म गायन र मोडलिङलाई संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु ।

आफूलाई गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तनसंगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका अनुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन ।

उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

गायिका तथा मोडल अनु भन्छिन् लोक संस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोकदोहोरीलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि । त्यसैले पनि म लोक संगीतमा बढी झुकाब राख्छु ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12697