नुवाकोटमा पहिरो, ६ जनाको मृत्यु

नुवाकोटको सामरी–७ को झर्लाङ र गोर्स्याङ–२ को काप्रे सिरानचोक गाउँमा पहिरो जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

रातभर परेको वर्षाका कारण गएको पहिरोले घर पुरिंदा झर्लाङका ८० वर्षीया सीताकुमारी तामाङको मृत्यु भएको छ।

त्यस्तै, काप्रे सिरानचोक गाउँमा पहिरोमा ४ घर पुरिंदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीय सोमबहादुर तामाङ, उनका श्रीमती ३५ वर्षीया सुकुमाया तामाङ, ३६ वर्षीय फुर्कु तामाङ, ११ वर्षीय केशव तामाङ र ९ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन्।

पहिरोबाट जीवितै उद्धार गरिएको ६ जनालाई उपचारको लागि सदरमुकाम ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। घटनास्थल सदरमुकामबाट १७ किलोमिटर टाढा पर्छ।





Comments

comments

Leave a Reply

8244