विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति (भिडियोसहित)


एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी बुधवार भएको राष्ट्रपतिको निर्वाचनमा विजयी भएकी छन्। लोकप्रिय स्वर्गीय नेता मदन भण्डारीकी पत्नी विद्याले नेपाली काँग्रेसका पुराना नेता कुल बहादुर (केबी) गुरूङलाई पराजित गर्दै नेपालकै पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बन्ने सौभाग्य पाएकी हुन्।

हेर्नुहोस् भिडियोः

निर्वाचनमा बिद्या भण्डारीले ३२७ मत र कुलवहादुर गुरुडले २१४ मत पाएका छन्।

राष्ट्रपति निर्वाचनको मत परिणाम
कूल मतदाता ५९७
खसेको ५४९
बदर ८
विद्यादेवी भण्डारी: ३२७ कुलबहादुर गुरुङ २१४

राजनीतिक सहमति जुट्न नसकेपछि भएको राष्ट्रपति चुनावमा ५४९ मत खसेको थियो। संसद् भवन नयाँ बानेश्‍वरमा बुधवार भएको मतदानमा ५९७ मध्ये ५४९ मत खसेको छ। मतदान प्रक्रियामा ४८ जना अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ। अनुपस्थित रहनेहरुमा नेपाली कांग्रेसकी शीला खड्कासहित तीन जना, एमाओवादीका भक्ति पाण्डे तथा मधेसवादी दलका सभासदहरू रहेका छन्।

प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्

भण्डारीलाई एमाअोवादीसहित राप्रपा नेपाल, फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, मालेका महासचिव सीपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका सांसद जयदेव जोशी, राप्रपाका सांसद दीपक बोहोरा, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा, नेपा: राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी र नेपाल परिवार दलका सांसद एकनाथ ढकाललगायतले मतदान गरेका थिए।

भण्डारीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका थिए।


त्यसैगरी, कुल बहादुर (केबी) गुरूङको प्रस्तावकमा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा कृष्णप्रसाद सिटौला रहेका थिए।


उपराष्ट्रपतिमा एमाओवादीले पार्टीका नेता नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले उपराष्ट्रपतिमा अमिय कुमार यादवलाई उठाउने निर्णय गरेको छ। उनी सिराहका सभासद् हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

9076