तिहारमा गर्नु नहुने कामहरु

दोस्रो ठूलो चाड तिहारमा के गर्ने–नगर्ने भन्ने अन्योलमा हुनुहुन्छ ? धनकी देवी लक्ष्मीको पूजाआजा गर्नुका साथै दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा प्रगतिको कामना गर्ने यो चाडमा यी कुरा गर्न हुँदैन:


(नयाँपत्रिकाबाट)

– अबेरसम्म नसुत्नुहोस्। त्यसो त अरू समयमा पनि अबेरसम्म सुत्नु स्वास्थ्यका हिसाबले पनि राम्रो मानिँदैन। तर, शास्त्रअनुसार तिहारको समयमा ब्रह्म मुहूर्तमा उठ्नुपर्छ। जुन मानिस सूर्योदय पछिसम्म पनि सुत्छन्, उनीहरूलाई लक्ष्मीको कृपा प्राप्त नहुने विश्वास छ।

– धर्मविपरीत नगर्नुहोस् । मान्यजन तथा आमाबाबु र गुरुवर्गको अपमान नगर्नुहोस्। उनीहरूको सम्मान गर्नुले धनकी देवी लक्ष्मीको कृपा मिल्ने मानिन्छ । त्यस्तै, आदर गर्नुपर्ने व्यक्तिलाई सम्मान गर्दा धन आर्जन गर्ने विश्वास छ। तिहारमा कसैलाई पनि धोका दिनुहुँदैन, झुट बोल्नुहुँदैन। सबैसँग प्रेमपूर्वक व्यवहार गर्नुपर्छ।

– क्रोधित नबन्नुहोस् । तिहारमा चर्को स्वरमा कुरा गर्नु पनि अशुभ मानिन्छ । चर्को स्वरमा बोल्नेलाई लक्ष्मीले मन नपराउने विश्वास छ । घरमा शान्त, सुख तथा पवित्र वातावरण बनाउनुहोस्।

– घरमा फोहोर नराख्नुहोस् । घरको कुनाकाप्चा पनि सफा गर्नुहोस् । फोहोर भएको ठाउँमा लक्ष्मीको बास हुँदैन । घरलाई सफा गर्नुका साथै सुगन्धित बनाउनुपर्छ।

– मदिरा सेवन नगर्नुहोस् । तिहारमा मदिरा सेवन गर्ने सधैँ दरिद्र हुनुपर्छ भन्ने शास्त्रमा लेखिएको छ। मदिरा सेवनले वादविवाद निम्त्याउने र घरको शान्ति भंग गर्ने सम्भावना हुन्छ, यसलाई ख्याल गर्नुहोस्।

– साँझको समयमा नसुत्नुहोस्। बिमारी, वृद्ध तथा गर्भवती महिला साँझ सुते पनि स्वस्थ व्यक्ति साँझमा सुत्दा धन प्राप्त नहुने शास्त्रमा उल्लेख छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9506