भयवादले बिस्तारै मान्यता पाउदै छ: साहित्यकार देश सुब्बा, हङकङ

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई आगामी नोवेम्बर २१ तारिख पुस्तक पुरस्कार बितरण देवकोटा जन्म जयन्तीको अबसरमा भब्य समारोह बिच पुरस्कृत गरिने भएको छ।

यसको लागि स्थानीय आयोजक समिति अहोरात्र खटिई रहेको जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिकी अध्यक्ष सीता पाण्डेले गराएकी छिन्।

पुस्तक पुरस्कार बिजेताहरु विभिन्न देशहरुबाट अमेरिका आउने क्रममा डायस्पोरा (दर्शन) प्रधान कृतिका लागि अनेसास / डा.श्याम कार्की तथा इन्दिरा कार्की सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कारका बिजेता धरान घर भै हाल हङकङमा बसोबास गर्ने भयवाद पुस्तकका लेखक देश सुब्बा आगामी बिहीबारसम्म अमेरिका आई पुग्ने जानकारी गराइएको छ।

हङकङबाट अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेपलिज़संग कुराकानी गर्दै हङकङ बस्ने मानिसलाई अमेरिकाबाट आफूलाई यो सम्मान दिएकोमा अति खुशी लागेको सुब्बाले बताए।

पुरस्कार या पुरस्कारको राशी सानो या ठूलो भन्दा पनि हङकङबाट पुरस्कार पाउनु नै ठूलो कुरा लागेको बताएका छन्। पुरस्कृत सुब्बाले अगाडि भने हङकङमा बसाई भएकोले अमेरिका जाने भन्ने सोचेको थिईन। सुब्बाले हर्ष व्यक्त गर्दै यो मेरो लागि अवसर हो भन्दै अवसरको उपयोग गर्ने योजना रहेको बताए।

देश सुब्बाले अनेसासको प्रशंसा गर्दै यस पटक मैले भयवाद (दर्शन) बिषयमा लेखेको पुस्तकलाई अनेसासले छनौट गरि आफूलाई बिजेतासम्म बनाएकोमा निकै उत्साही भएको बताए।

अमेरिका आउने भएकोले यो पुस्तक समारोहमा आफ्ना कुराहरु पनि राख्ने अवसर पाइने भएकोले आफू अन्तर आत्मादेखि नै प्रफुल्ल भएको बताए। र आफुले ४ वटा उपन्यास , केहि कविताहरु तथा भयवादको दर्शन सम्बन्धमा पुस्तक लेखेको बताउदै १९९१ देखि भयवादमा लेख्न सुरु भएको झन्डै १७ बर्ष लागेको बताए।

गत बर्ष जुलाई २०१४ मा भयवाद दर्शन पुस्तक प्रकाशित भएको बताउदै यहि पुस्तकलाई अनेसासले पुरस्कृत गरेको बताए।

अनेसासको पुरस्कारसहित पाँच वटा पुरस्कार जितेको देश सुब्बाले जानकारी गराए। जुलाई २०१४ मा अमेरिकाको “एक्सलिबिरिस”बाट प्रकाशित भएको “फिलोसोफी अफ फियरिज्म” दर्शनको अंग्रेजी पुस्तकले अमेरिकाको क्यालिफोर्नियाबाट २०१५ को दर्शनको “दि नेशनल इन्डी एक्सेलेन्स अवार्ड २०१५” जितेको छ भने अमेरिकाकै लस एन्जेलबाट दिइने “२०१५ इन्टरनेशनल बुक अवार्ड”मा यो पुस्तकले “फाइनलिस्ट पुरस्कार ” पनि प्राप्त गरेको छ।

सुब्बाको पुस्तकले न्युयोर्क उत्सव पुस्तक पुरस्कार २०१५ तथा दक्षिण क्यालिफोर्निया उत्सव पुस्तक पुरस्कार २०१५ पनि जितेको बताए। उक्त पुरस्कार नोभेम्बर ७ तारिखमा घोषणा भएकोले प्रमाणपत्र प्राप्त भै नसकेको जानकारी सुब्बाले दिए।

भयवादले बिस्तारै मान्यता पाउदै छ। बिश्वमा अझ यसले मान्यता पाउने कुरामा आफू बिश्वस्त भएको सुब्बाले बताए। देश सुब्बा भयवाद दर्शनको’ प्रणेता पनि हुन्। सुब्बा अन्तर्राष्ट्रिय पुरस्कार पाउने भाग्यशाली थोरै नेपालीहरु मध्ये सौभाग्यशाली व्यक्ति हुन्। अन्तर्राष्ट्रिय अमेरिकी पुरस्कार देश सुब्बालाई – ‘भयवादी दर्शनको’ लागि दिईएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9621