बिरामी बालिका बोकेको एम्बुलेन्सलाई तोडफोड गरेपछि…

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार उपचारका लागि अस्पताल ल्याउँदै गरेकी डेढ वर्षीया बालिकालाई भित्रै राखेर एम्बुलेन्स तोडफोड गरेका छन्।

मोरङको कटहरीमा मोर्चा कार्यकर्ताले सिकिस्त बिरामी भएर रंगेलीबाट उपचारका लागि विराटनगर ल्याउँदै गरेकी मान्सी उपाध्याय सवार को.१च ७३७९ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन्।

मोर्चा कार्यकर्ताले मान्सीसँगै उनकी आमा हीरा उपाध्यायमाथि पनि आक्रमण गरेका थिए। बन्दका क्रममा सवारीसाधन चलाएको भन्दै मोर्चाका कार्यकर्ताले एम्बुलेन्ससमेत तोडफोड गरेका हुन्।

औषधि बोकेको गाडी आगजनी
मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधि बोकेको गाडीमा पेट्रोल बम प्रहार गरेर आगो लगाएका छन्। आगजनीबाट ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँबराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको छ।

राति करिब १ बजे मोर्चाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ। स्लाइन पानीमार्फत दिइने एन्टिबायोटिक औषधि जनकपुरस्थित नवीनम मेडिकल हलका लागि लैजान ठिक्क पारिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए।

माधव नेपालको घर तोडफोड
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौर नगरपालिका–३ स्थित घरमा शुक्रबार दिउँसो मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। मोर्चाको जुलुसले नेता नेपालको घरमा इँटा र ढुंगामुढा गरेको हो । ढुंगामुढाबाट घरको सिसा फुटेको छ भने गेट तोडफोड गरिएको खबर नयाँपत्रिका दैनिकमा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9689