बलिउडबाट ‘सायद २’ मा अनुबन्धित भए निर्देशक

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
निकै नै चर्चा कमाएको चलचित्र सायदको सिक्वेलको निर्माणको तयारीसंगै “सायद” सिक्वेलले निर्देशक पाएको छ। दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट “सायद २”मा निर्देशकका लागि पुष्पराज न्यौपाने अनुबन्धित भएका हुन्।

चलेका बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपानेले दुर्गिश फिल्मसबाट निर्देशकको रुपमा नेपाली सिनेमामा डेब्यु गर्न लागेका हुन्। दुर्गिश फिल्मस प्रमुख सुनिल रावलले यसबारे पुष्टि गरे।

सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले चौंथो सिनेमा बनाउन लागेको हो। ‘सायद २’ निर्देशनका लागि आवेदन दिएका झन्डै दर्जन आवेदकमध्येबाट न्यौपाने छानिएका हुन्।

न्यौपानेले बलिउडका ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २ र ३, ‘म्याक्सिमम’, ‘राज ३’ मा काम गरिसकेका छन्। सिरियलहरु ‘घरकी लक्ष्मी’ ‘बेटियाँ’, ‘गीता’, ‘मधुबाला’ र ‘सावधान इन्डिया’मा उनले सहायक निर्देशकको रुपमा काम गरिसकेको दुर्गिश फिल्मसले जनाएको छ।

न्यौपानेले वातावरणसम्बन्धी डकुमेन्ट्री पनि निर्देशन गरिसकेका छन्। ‘सायद’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए। त्यसयता कम्पनीले नयाँ निर्देशकलाई मौका दिएको थियो।

सोसल ड्रामा जानराको सिनेमाको छायांकन नेपाल र जापानमा हुने भएको छ। कलाकार छनौट भने बाँकी रहेको जनाइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9796