नाकाबन्दीविरुद्ध सिंहदरबारदेखि पुल्चोकसम्म मानव साङ्लो प्रदर्शन गरिने

भारतीय नाकाबन्दीविरुद्ध सोमबार राजधानीमा मानवसाङ्लो प्रदर्शन गरिने भएको छ।

मुलुकको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिम गेटदेखि पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसम्म अपराहन २ देखि ३ बजेसम्म प्रदर्शन गर्न लागिएको खबर कान्तिपुर दैनिकमा छ।

नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा मानव शक्ति प्रदर्शन गरिन लागेको कार्यक्रम संयोजक तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। कार्यक्रममा हरेक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने उनले बताए।

‘भारतले अन्तर्राष्ट्रिय सन्धि/सम्झौतालाई उल्लंघन गरेर नेपालमाथि गरिरहेको नाकाबन्दीलाई जनस्तरबाट अन्तर्राष्ट्रियकरण गर्न राष्ट्रसंघ कार्यालयसम्म मानवसाङ्लो बनाउन लागिएको हो,’ गैरेले भने, ‘सिंहदरबारबाट सुरु गर्नुको कारणचाहिँ सरकारले मुलुकको स्वाधीनतालाई झुकाउने कुनै पनि सम्झौता नगर्न र नझुक्न खबरदारी गरिएको हो।’

आयोजकका अनुसार साहित्य, खेल, शिक्षक, कर्मचारी, नेता सबैलाई राष्ट्रिय झन्डा र प्लेकार्डसहित उपस्थित हुन आह्वान गरिएको छ।





Comments

comments

Leave a Reply

9801