यसरी भेटेका थिए सलमानले लुलियालाई

बलिउड अभिनेता सलमान खानले अब छिटै विवाह गर्ने चर्चा चलेसँगै सलमान–लुलिया वन्तुरको ‘लभस्टोरी’ पनि ‘टक अव द टाउन’ बनेको छ।

रोमानियाकी लुलियासँग सलमानको ‘इन्गेजमेन्ट’ भइसकेको केही समयअगाडि चर्चा चलेको थियो। त्यसो त लुलियाले सन् २०१२ मै रोमानियामा विवाह पनि गरेकी थिइन्।

एउटा ‘पपुलर’ वेबसाइटमा छापिएको समाचारअनुसार सलमान र लुलियाको पहिलो भेट रोमानियामा नै भएको थियो। भाइ सोहेल खानको फिल्म ‘जय हो’का लागि ‘सुटिङ स्पट’ खोज्न त्यतिवेला सलमान रोमानिया पुगेका थिए। त्यही समयमा सलमान र लुलियाको भेट भएको थियो। लुलिया अहिले पनि रोमानियामा नै बस्छिन्। उनी त्यहाँकी मोडेलका साथसाथै ‘टिभी होस्ट’ पनि हुन्। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10070