नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड

गत फेब्रुअरी दोस्रो सातामा हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको छ।

मृत्युदण्ड पाएका ७ जना अभियुक्त

मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय नागरिक र नेपाली कामदारले नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। बलात्कारपछि उनको यौनांगमा ढुंगा, फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो।

हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले पदम, पवन, सुनील, सरबर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको खबर आजको कान्तिपुर दैनिकमा छ।





Comments

comments

Trending Now : चलचित्र ‘घरजम’ को हङकङमा ग्राण्ड प्रिमियर शो हुने
10129