मानव तस्करीको नयाँ जुक्ति: सिरियाली शरणार्थी बनाएर युरोप लगिँदै नेपाली

युद्धग्रस्त सिरियालगायत मुलुकका शरणार्थीले यतिबेला युरोपेली देशका शिबिरहरु भरिभराउ छन्। त्यही भीडमा नेपाली नागरिकहरुसमेत रहेको पत्ता लागेको छ। मानव तस्करले सिरिया, रुस, इराक र अफ्रिकी मुलुक हुँदै नेपालीलाई युरोप लगेका हुन्।

रोजगारीको खोजीमा रहेका नेपालीलाई सिरियाली शरणार्थीको भीडमा मिसाएर भूमध्य सागरको खतरनाक यात्रापछि युरोप पुर्याउने गरिएको छ। उत्तरी युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले त्यस्ता शिविरमा दोभाषेको काम गर्ने क्रममा यो तथ्य पत्ता लागेको खबर कान्तिपुर दैनिकमा छ।

गैरआवासिय नेपाली संघ फिनल्याण्डका पदाधिकारीले त्यसबारे अध्ययन थालेका छन्। इराकी र सिरियालीसँग अनुहार र छालाको रंग मिल्ने भएकाले शरणार्थीको भीडमा मिसाउन मानव तस्करका लागि सहज भएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10145