चिसोले ७ भूकम्पपीडितको मृत्यु

सिन्धुपाल्चोक, अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ। अधिकांश बिरामी परेका छन्।


फाईल फोटो

ठोकर्पा ३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ। ‘आमालाई दमको रोग थियो,’ छोरा नेत्रबहादुर पहरीले भने, ‘सुन्निएर बित्नुभो ।’ टोलमा अरु धेरै जना चिसोले सुन्निएको उनले बताए। ‘अरु पनि केहीको मृत्यु भइसक्यो,’ उनले भने।

तीन सातायता ठोकर्पा ३ को पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन्। गाउँमा बिरामी पनि त्यत्तिकै छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10159