नदीपुरमा गजल वाचन

बिग एफएम / एचकेनेपाल डट कम –
पोखरा ११ पुस। पोखराको नदीपुरमा नियमित गजल वाचन भएको छ।। ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापित गजल सन्ध्या पोखराको आयोजनामा नियमित गजल वाचन भएको हो।

प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको गजल वाचनको पुस श्रृंखलामा पनि झण्डै २० जनाले गजल वाचन गरेका छन्। समसामयिक राजनीतिक अवस्था र देशले भोग्नुपरेको अहिलेको समयलाई गजलकारहरुले उठाएका थिए।

गजल सन्ध्या पोखराकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको नियमित गजल वाचनमा रुपिन्द्र प्रभावी, डा. बसन्त गौतम, सुमन लम्साल, सन्दिप गौतम, इन्द्र राना ‘प्रतिक’, सुरज उपाध्याय, अर्जुन अधिकारी, कोशिस ओझा, गौरव खनाल, बलराम पूर्णविराम, अम्विका भण्डारी, अमृत सुवेदी, त्रुपक लगायतले गजल वाचन गरेका थिए भने सचिव मोहन भण्डारीले कार्यक्रम संचालन गरेका थिए। गजलको उत्थान र विकासमा काम गर्दै आएको सन्ध्याले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियान यस पटक पोखरा मझेरी पाटनको देउराली फार्म हाउसमा गर्ने जनाएको छ।





Comments

comments

Leave a Reply

10204