गीतकार प्रकाशपुञ्जको गीत लण्डनमा रेकर्डिङ

सुर्य चन्द / एचकेनेपाल डट कम –
‘मेरो मनमा बस, मुटुमा बस
तिम्रो न्यानो अङगालोमा चोखो मायाले कस’

काठमाडौँ। सामाजिक अभियान्ता एवं गीतकार प्रकाशपुञ्जको रचनामा तयार भएको गीत बेलायतस्थित लण्डनको साउथ हल स्टुडियोमा रेकर्डिङ गरिएको छ।

लामो समयदेखि लण्डनमा बसेर नेपाली गीत–संगीतको श्रीविकासमा लागेकी चर्चित गायिका शर्मिला बर्देवाले स्वर दिएको हाल सांगीतिक यात्राको क्रममा गायक आन्नद कार्कीसँगै लण्डनमा रहेका संगिीकार शिखर सन्तोषले जानकारी दिए।

गायिका बर्देवाका साथमा गायक सपन राईले पनि गीतमा स्वर दिएका छन् भने शिखर सन्तोषको बेजोड संगीत र किरण कँडेलको संगीत संयोजन रहेको उक्त गीत आईतबार रेकर्डिङ गरिएको हो।

गीतको रेकर्डिङको क्रममा बेलायतमै रहेका बरिष्ठ गीतकार डा. भोला रिजाल तथा डा. कपील रिजालको पनि उपस्थिति रहेको संगीतकार सन्तोषले जानकारी दिए। कुलजित भामरले रेकर्डिष्टको जिम्मेवारी निभाएको गीतको छायाँकन गर्ने तयारी भईरहेको छ। गीतको शब्द तथा संगीत उत्कृष्ट र फरक धारको भएकाले आफूले स्वर दिएको गायिका शर्मिला बर्देबाले जानकारी दिईन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10259