जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण सरकारले तिरिदिने

सरकारले जनकपुर चुरोट कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । करिब २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा सरकारले तिर्ने भएको हो।

सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिए। सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र उक्त रकम बैंकलाई भुक्तानी गर्ने उनले बताए । बैंकले सरकारलाई कुल ब्याजको ८५ प्रतिशत रकम छुट दिने सहमतिसमेत भएको छ।

अार्थिक बर्ष ०५२/५३ मा जनकपुर चुरोट कारखानाले नेपाल बैँकबाट २९ करोड रुपैयाँ कर्जा लिएको थियो । कारखानाको परिसरमा रहेको जग्गा र मेसिनरी धितोमा उक्त कर्जा लिइएको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10276