बेल्जियममा भव्य ल्होछार, गायक गुरुङले माफी मागे…

ईन्दिरा राई/ एचकेनेपाल डट कम –
अन्तरपेन, बेल्जियम। अन्तरपेनको दुर्नेमा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायले नेपालीहरुको राष्ट्रिय पर्ब नयाँ बर्ष ‘तमु ल्होसार’ भब्यता साथ मनाएका छन्।

दुई हजार छसयौं तमु ल्होछारको उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली दूताबास बेल्जियमकी द्वितीय सचिब ललिता सिलवाल, संस्थाका अध्यक्ष जीबन गुरुङ र ज्येष्ठ तमु क्याप्टेन जोख बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

ल्होसार कार्यक्रममा गैरआबासीय नेपाली संघका केन्द्रीय सल्लाहकार पिजी शेर्पा केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ, युरोप सहसंयोजक प्रेम गुरुङ , आई सिसी सदस्य जानकी गुरुङ, नेत्र मगर, चिज कुमार श्रेष्ठ,केन्द्रीय महिला सह-संयोजक रजनी प्रधान, एनआरएन नेदर्ल्यान्डका अध्यक्ष्य हिमाल गुरुङ ; लक्जेमबर्ग एनआरएन प्रबक्ता नारायण गुरुङ , शेर्पा संघ का अध्यक्ष सोनाम शेर्पा ,नेपाल पत्रकार महासंघ यूरोप शाखा अध्यक्ष केजिन राई, तामांग समाजअध्यक्ष राम लामा,पासापुच अध्यक्ष,जन सम्पर्क समिति अध्यक्ष संन्तोष जोशी , जन प्रगतिशील मंन्च अध्यक्ष चित्र सुबेदी, ब्यबसायी संघ अध्यक्ष सिपी भट्ट, प्रबासी मंच अध्यक्ष अर्जुन गुरूङ, मगर समाजका लोक राना, कलाकार संघ अध्यक्ष पदम गुरूङलगायत बिभिन्न बैचारिक एबम सामाजिक संघ संस्थाका प्रतिनिधिसहित करीब एक हजारको हाराहारीमा आफ्नो सँस्कृतिक भेष भुषामा सजिएका नरनारीहरुले उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए।

बेल्जियमकै पुराना संस्थाहरु मध्ये तमु समाज एक हो। बेल्जियमको स्थानीय समुदायसँग मिलेर ईन्टिग्र्ेसनसँग संबन्धित गरिने गतिबिधिहरुको आधारमा बेल्जियम सरकारद्वारा मान्यता प्राप्त एक मात्र संस्था ‘तमू समाज बेल्जियम’लाई एक दशकदेखि सामाजिक सांस्कृतिक गतिबिधिहरु सम्पन्न गर्दै आएकोमा सन २०१३ मा बेल्जियमको राजदरबारबाट निमन्त्रणा गरी एक समारोह बिच सम्मान गरिएको थियो। बेल्जियमको नेपाली समुदाय माझ सामाजिक,सांस्कृतिक लगायतका गतिबिधिमा तमु समाजको भूमिकालाई सबैले प्रसंशा गर्ने गरेका छन्।

बिभिन्न समयमा तमु समाजलाई सहयोग गर्नु भएका र ल्होछार कार्यक्रमलाई प्रायोजन गर्नु हुने बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो प्रदान तथा खादा लगाएर सम्मान गरिएको थियो।

कलाकार संघ र महासचिब जिमी गुरूंग,सोफी कार्की महर्जनद्वारा प्रशिक्षित स्थानीय कलाकारहरुको संयुक्त टिमले बिबिध न्रित्य तथा गायन अभिनययुक्त कार्यक्रमहरु जोडदार प्रस्तुत गरेका थिए। कमल गुरुङको एकल गायनले पनि सहभागिहरुलाई भरपूर मनोरंजन दिलाएका थिए।

गायक खेमराज गुरुङले माफी मागे
नेपालबाट आएका लोक गायक खेमराज गुरुङले स्वास्थ्य स्थिति खराब भएका कारण आफ्नो गायन प्रस्तुत गर्न सकेनन्। कलाकार गुरुङले सो कार्यक्रममा भौतिक ऊपस्थिति जनाएपनि मौसम परिवर्तनका कारण, चिसोका कारण गला अबरूद्ध (टन्शील) भएको र स्वर भासिएको बुझिएको छ। वारी जमुना… पारी जमुना.. गीतका गायक खेमराजले आफ्नो फेसबूक पेजमा सम्पूर्ण बेल्जियमबासी आयोजक तमु समाज तथा सबै नेपाली समुदायमा पर्न गएको असुबिधाप्रति क्षमा याचना गर्दै माफी मागेका छन्।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

10332