सद्भावनाले छुट्टै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि मोर्चा विभाजनतर्फ

तराई– मधेसमा आन्दोलनरत संघीय लोकतान्त्रिक मधेसी मोर्चाबीचको विवाद थप उत्सकर्षमा पुगेको छ । राजेन्द्र महत्तो नेतृत्वको सद्भावनाले छुट्टै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि मोर्चा विभाजनतर्फ उन्मुख भएको छ ।

मधेसी मोर्चामा आवद्द पाँचमध्ये चार दल वार्ताबाटै समस्या समाधान गर्ने र आन्दोलनका स्वरुप परिवर्तन गर्ने पक्षमा छन् । तर, राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टी कडा आन्दोलनको पक्षमा छ । नाकामा धर्नासहित तराई मधेस आन्दोलन गर्दे आएको मोर्चाले आइतबारपछि थप छलफल गरेर आन्दोलनको स्वरुप परिमार्जनको तयारी थालेको थियो । तर, त्यसअघि नै सद्भावानाले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

10366