युएईमा नेपालीहरुले बनभोज खाएर नयाँ वर्ष मनाए

राम ढुंगेल / एचकेनेपाल डट कम-
तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा डीएक्सएन युएई नेपाली परिवारले यूएईको अलऐनमा एक भव्य वनभोज तथा मनोरन्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।

करिब ४ सय नेपालीहरुका बीच गत १ जनवरीमा सम्पन्न कार्यक्रम अलऐनको जाबेलाहफित नजिकैको पार्कमा भव्यताका साथ मनाइएको कार्यक्रमका संयोजक कैलाश अर्यालले जानकारी दिएका छन्।

कार्यक्रममा आगन्तुकहरुको स्वागत षडानन्द पोखरेलले गरेका थिए भने औपचारिक कार्यक्रम सेवा पाण्डेले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा डिएक्ससनमा मध्यपूर्वकै धु्रवतारा मानिने भानुभक्त धमला उपस्थित थिए । प्रमुख अतिथि धमलाले मन्तब्यको क्रममा हरेक वर्षझैँ आफ्ना सदस्यहरुको खुसी तथा आपसी मित्रताका लागि वनभोज कार्यक्रम आयोजना गरेको बताए । उनले नयाँ सालको सुरुवातसँगै नयाँ रणकौशलहरु दिने क्रममा कम्पनीले यसबाहेक बर्षभरि नै नेपाली चाडपर्वहरु सामूहिक रुपमा मनाउने र कम्पनीको तर्फबाट उत्कृष्ट र सक्रिय व्यक्तित्वहरुलाई निःशुल्क मलेसिया भ्रमण र अन्य कार्यक्रमहरु बारे पनि जानकारी दिएका थिए।

यसै क्रममा गत बर्षको व्यापारको प्रर्वद्धनबाट एक दर्जन भन्दा बढी सदस्यहरु निःशुुल्क थाइल्यान्ड भ्रमण गएको जानकारी पनि दिइयो र यस वर्ष बनाएको रणनीति सबै जनाले पालना गरे अर्को वर्ष युरोप भम्रणमा जानका लागि हालको कोटा संख्या दोब्बर हुन सक्ने उनले बताए । यसका लागि सबै एकजुट भई काम गर्न र धेरै भन्दा धेरैलाई राम्रो स्वास्थ राम्रो आय अनि खुसी जीवन जिउन प्रमुख अतिथि धमलाले सुझाव दिएका थिए । उनले उदाहरण दिँदै अन्य सदस्यहरुलाई पनि यसैगरी निरन्तरता दिएको खण्डमा आफ्नो खुट्टामा आफै उभिन सक्ने र विगतमा थुप्रै सदस्यहरुले राम्रो सेवा प्रदान गरेका कारण नेपाल फर्केर पनि यसैमा आबद्ध भई राम्रो कमाइ गरी स्वथ्य जीवन बाँचिरहेको बताए । नयाँ पीढीले पनि सक्रियतापूर्वक काम गर्न सके विदेसिएको सार्थक हुने भन्दै सबैलाई यस परिवारमा आबद्ध हुन अनुरोध समेत गरेका थिए।

कार्यक्रममा दुबईबाट ८५ जना र अबुधाबी बाट १ सय ४० सारजाहबाट ८० रासअल खेमाबाट ८ जना र अलअलेनबाट ४० जना सहभागी थिए भने २७ जना स्थानीय नेपाली रहेको डीएक्सन नेपाली आयोजक टिमले जानकारी गराएको छ।

कार्यक्रममा अबुधाबीबाट संयोजक अशोक केसी, जित बस्नेत, सेवा पाण्डे रहेका थिए भने दुवईबाट शोभाखर पौडेल, डम्बर मगर, कैलाश अर्याल, सारजाहबाट जीवन न्यौपाने, बालकुमार राई रासअल खेमाबाट, गुरुप्रसाद ज्ञवाली, विमल गौतम, अलऐनबाट सुनील पुर्बे, प्रकाश सुनवार रहेका थिए । उक्त कार्यक्रममा अथितिहरुलाई सविना मगर र नानु गुरुङले खादा ओढाएर स्वागत गरेका थिए भने अथितिहरु सन्तोष गुरुङ, डम्बर गुरुङ, सुरेश बराइली, सुजन लिम्बु, तोर्ण मगर, सचिन राजवंशी, प्रताप कँडेल, खेम मगर, सिद्धिमान लिम्बु र कलाकारबाट विक्रम परियार र पातली माया तिलुङ रहेको अलऐेन संयोजक सुनीलकुमार पुर्बेले जानकारी दिए।

सूर्य बुढाथोकीको संयोजकमा ३५ स्वमसेवकले कुशलतापूर्वका कार्यक्रम सम्पन्न गरेको संयोजक अर्यालले बताए । त्यस्मा ७ जना खाना ब्यवस्थापन ३ जना म्यासेन्जर रहेका थिए।

स्वयमसेवकमा सुमन गुरुङ, प्रमिल खरेल, धर्मेन्द्र यादव, नवराज रेग्मी, दयानिधि कँडेल, सिर्जना गोले, बाबुलाल घिसिङ, रुक्मनी निरौला, रबिन चम्लागाईं, पदमबहादुर बस्नेत, सुशील परियार, रोमन प्याकुरेल, सोम नेपाली, डेनिस भण्डारी, शशी केसी, होम आचार्य ,लक्ष्मी पराजुली ,सुनिता नेपाली, अमृत पाण्डे, कृष्ण रेग्मी, सुशील श्रेष्ठ, गणेश भुसाल चामुसिंह राईले आआफ्नो जिम्मेवारी निर्वाह गरेका कारण वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । त्यसै गरी खाना व्यबथापनको लागि गीता थापा मगर, तुलसा थापा, इना गुरुङ, हर्क केसी, शोभाकान्त पौडेल, अम्बिका अधिकारी, अस्मि राई रहेका थिए । म्यासेन्जेर बिर्ख कडायत, रबिन चौलागाई र अस्मिता रसाइली रहेका थिए भने क्यामरामा जनक चौधरी थिए।

डीएम्सन्न युएईका सफल नेपाली व्यक्तिहरुले आफूले प्राप्त गरेका सफलता र पाएका फाइदा समेत उपस्थित सबैलाई प्रस्तुत गरेका थिए । संयोजक टिमले पनि अलअलेनको रमाइलो ठाउँमा वनभोज गर्न पाउँदा आफु र अन्य सदस्यहरु लिएर साथमा मनाउन पाउदा खुसी ब्यक्त गरेका थिए । प्राकृतिक सौन्दर्यले हराभरा अलऐनमा आयोजित उक्त पिकनिकमा सहभागी नेपालीहरुले फोटो खिच्ने तथा नाच्ने गाउने र रमाउने गर्दै भरपूर मनोरन्जन लिएको जनाए।

अन्त्यमा कार्यकर्मका संयोजक अर्यालले सबै संयोजक टिम र स्वम्सेबकहरुलाई कार्यक्रम भव्यताका साथ सफल पार्न रातदिन खटेकोमा धन्यवाद प्रकट गरेका थिए । सम्पूर्ण डीएक्सनप्रेमी सदस्यहरु र विशेष सुनीलकुमार लगाएत अलअलेन क्षेत्रका सदस्यहरुको अहम् भूमिका समेत रहेको जानकारी गराउँदै आफ्नो अमूल्य समय मिलाएर आएका सबै नेपालीहरु र ब्यापारी तथा अन्य पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिदै कार्यक्रमलाइ समाप्त गरेका थिए ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10401