बैशाखभित्र पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘ जू ‘ को काम शुरु गर्ने

गिता राना मगर / एचकेनेपाल डट कम –
पोखरा २० पुस। पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका पदाधिकारीहरु पोखरामा छिट्टै नै अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण शुरु गर्ने अठोटका साथ भ्रमणबाट फर्केको छ।

नमूना फाइल फोटो

पुसको तेश्रो साता मकवानपुरको हेटौडा, बुटवलको शंकर नगर बनबिहार तथा रिसर्च सेन्टर र बुटवलकै मणिमुकुन्द पार्कको अवलोकनपछि समितिले कास्कीको लेखनाथ नगरपालिकाको पचभैया सामुदायिक बन क्षेत्रमा छुट्याएको बनमा आउने बैशाख महिना भित्रमा चिडियाखाना निर्माण शुरु गर्ने अठोट गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलका अनुसार दुई दिनको भ्रमणले आफूहरुलाई चिडियाखाना निर्माणमा थप उर्जा प्रदान गरेको वताए। मकवानपुरको हेटौडा नगरपालिकामा रहेको शहिद स्मृति पार्क, बुटवलको शंकरनगर वनविहार र मणिमुकुन्द पार्कको अवलोकनले आफूहरुमा सरकारी तवरबाट भन्दा पनि स्थानीय स्तरबाटै चिडियाखानाको निर्माण गर्नुपर्ने जांगर चलेको वताए। आउने बैशाखको पहिलो सातामा आफूहरुले चिडियाखाना निर्माणको पहिलो चरण अन्तरर्गत तारबार लगाइ बनभोज स्थल बनाएर पहिलो चरणको काम शुरु गर्ने उनको भनाइ रहेको थियो।


पचभैया बन, जहाँ चिडियाखना बन्दै छ..

भ्रमण दलमा सहभागी पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन बहादुर घिमिरेले दुईदिने भ्रमणबाट आफूहरुमा स्थानीय स्तरबाटै पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माण गर्ने प्रेरणा जागेको वताए। उनले भने हामीले जतिपनि ठाउको अवलोकन गर्यौ हेटौडा र बुटवल दुवै स्थानमा रहेको पार्क तथा मिनी जु स्थानीय स्तरबाटै सानो क्षेत्रमा सञ्चालन गरेको पाइयो त्यहांबाट फर्कदै गर्दा हामीहरुमा सवैकुराको पर्याप्त संभावना रहेको पाइयो त्यसैले अव चिडियाखाना निर्माण स्थानीय स्तरबाटै शुरुगर्ने अठोट गरेको उनको भनाइ रहेको थियो।

भ्रमणदलमा लेखनाथ क्षेत्रका स्थानिय निकाय तथा राजनैतिक दलका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो। राजनैतिक दलहरु पनि सवै राजनैतिक दलहरु कास्कीको लेखनाथमा रहेको पचभैया सामुदायिक वन, चैनपुर र चापापानी सामुदायिक बनमा छुट्याइएको चिडियाखना निर्माण स्थालमा तुरुन्त काम थालनी गर्नुपर्नेमा जोड दिएका थिए।


चिडियाखनाको नक्शा

नेपाली कांग्रेस लेखनाथ नगरपालिकाका सभापति राजेन्द्रमणी लामिछानेले लेखनाथका सम्पूर्ण राजनैतिक दलहरु लेखनाथको पचभैया क्षेत्रमा छुट्याइएको बन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा एकजुट भएको र त्यसलाई पूर्णता दिनका लागी सवै राजनैतिक दलले आआफ्नो ठाउंबाट सहयोग गर्ने समेत उनले वताए। सम्पूर्ण राजनैतिक दलको अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणमा सहयोग गर्न आफूहरु एकजुट भएको वताउदै लामिछानेले सवैले आ आफ्नो ठाउबाट चिडियाखाना निर्माणमा लागेको खण्डमा हेटौडा र बुटवलको भन्दा फरक किसिमको चिडियाखाना निर्माण गर्न सकिने वताए।

भ्रमणमा चिडियाखाना निर्माण सरोकार समितीका पदाधिकारी, पचभैया, चैनपुर, चापापानी सामुदायिक बनका पदाधिकारी, विभिन्न राजनैतिक दलका संयत्र, लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी र सञ्चारकर्मीसहित २४ सदस्यको सहभागीता रहेको थियो।

यो पनि हेर्नुहोस्
पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘ जू ‘ बन्दै





Comments

comments

Leave a Reply

10409