युएईमा ६४ नेपालीको मृत्यु

लालबहादुर ढेंगा / एचकेनेपाल डट कम –
दुबई, युएई। वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ । भिजिट भिषा, टुरिष्ट भिषा र इम्पलोएमेण्ट भिषा लिएर छिर्नेहरुको संख्यामा दिनाहुं बढ्दो देखिन्छ । युएईमा अन्य खाडी मुलुकहरुको तुलनामा रोजगारदाताहरुका लागि सर्वसुलभ भएको हुनाले कामदारहरु भित्रिने क्रम ह्वाट्टै बढ्न थालेको हो।

नेपाल वैदेशिक रोजगार विभागमा युएईस्थित कार्यरत नेपाली कामदारहरुको संख्या लगभग ४ लाख १ हजार रहेको तथ्याङ्क रहेता पनि गैरकानुनी रुपमा रहेका र भारतको बाटो हुदै आएका लिएर नेपाली राजदूतावास अबुधावी र अन्य जनमानसको तथ्याङ्क अनुसार ३ लाख २ हजारको हाराहारिमा रहेको अनुमान गरिन्छ।

अन्य शहरमा भन्दा युएईको मुटु मानिने दुबई शहरमा नेपालीहरुको धेरै संख्या भएको हुनाले नेपाली व्यवसायहरु पनि फस्टाउदै गएको पाईन्छ । नेपाली व्यवसायीहरुमध्ये क्रमशः पहिलोमा रेष्टुरेण्ट, दोस्रोमा व्यूटीपार्लर, तेस्रोमा ट्राभल्स एण्ड टुरिजम रहेको छ भने अन्यमा कपडा पसल, किराना पसल, इलेक्ट्रानिक पसल, टेल्र्स पसल आदि रहेका छन् । यसमध्ये रेष्टुरेण्ट, व्यूटीपार्लर र ट्राभल्स एण्ड टुरिजम व्यवसायीमा पुरुषहरुको दाजोमा महिलाहरुको संख्यामा बृद्धि हुंदै गएका छन्।

युएई भन्नाले दुबई, अबुधावी, शारजाह, अजमान, रसअलखैमाह, अलाईन र फुजेराह ७ वटा शहरबाट बनेको देश युनाईटेड अरब इमिरेट्स भनेर बुझिन्छ । युएईको कुनै पनि सरकारी विभाग, प्राइवेट कम्पनी, बैंक, होटलदेखि घरखातासम्म नेपाली कामदारहरु कार्यरत रहेका छन्। अन्य राष्ट्रका नागरिकलाई भन्दा नेपालीहरुलाई ईमानदार र धेरै परिश्रम गर्ने कामदारको रुपमा चिनिने गर्दछ।

रोजगारीको शिलशिलामा युएईस्थित रहेका नेपालीहरुले विभिन्न कारणवंश ज्यान गुमाउनु समेत परेको छ। यस बर्ष २०१५ मा नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार ६४ जना नेपालीहरुले ज्यान गुमाएका छन्। सन् २०१३ मा ७० जना नेपालीहरुको मृत्यु भएको थियो भने सन् २०१४ मा ६३ जनाले ज्यान गुमाएका थिए।

आफ्नो जन्मभूमिबाट टाढा सुरक्षित भविष्य र घर परिवारलाई सुख दिने सपना बोकेर बिदेशीएका नेपालीहरुले प्रवासको ठाउंमा पनि ज्यान गुमाउन पुगेका छन्। कतिपय दुर्घटनाहरु कानुन र नियमहरुको सहि ज्ञानको अभावका कारण पनि हुन पुगेको हुन्छ। जुन देशमा रोजगारको लागि गईन्छ भने त्यो देशको कानुनलाई सरसर्ती अध्ययन गरेमा केही हदसम्म सुरक्षित हुन सकिन्छ होला भन्ने धारणा रहेको छ।





Comments

comments

Leave a Reply

10426