४० मन्त्री भएर पनि अोलीको मन्त्रिपरिषद् अझै अपूरो

२५ पुस अर्थात् शनिबार प्रधानमन्त्रीका रूपमा ओलीले ठ्याक्कै तीन महिना बिताएका छन्। २५ असोजमा प्रधानमन्त्री भएका उनले १ कात्तिक, १९ कात्तिक, २३ कात्तिक र ९ पुसमा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४० जना मन्त्री बनाएका छन्।

भागबन्डा पुर्‍याउन कृषि मन्त्रालय फुटाएर पशुपक्षी मन्त्रालय गठन गरी त्यसमा पनि मन्त्री र राज्यमन्त्री राख्नेजस्ता काम गरेका छन्। तर पनि उनको मन्त्रिपरिषद् अझै अपूरो छ। साना दललाई भाग पुर्‍याउन अझै केही मन्त्री थप्न बाँकी छ।

तर, यो अवस्था कांग्रेसको कारण आएको उनको भनाइ छ । शुक्रबारको कार्यक्रममा उनले भने, ‘मन्त्रिपरिषद् ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको हो। कांग्रेस सरकारमा आइदिएको भए २०–२५ जना मन्त्रीले नै काम चलाउन सकिन्थ्यो। अझै पनि कांग्रेस सरकारमा आउँछ भने यो मन्त्रिपरिषद् सदस्य कटौती गर्न सकिन्छ।’

नाकाबन्दीका समस्या सम्बोधन गर्ने वेला प्रधानमन्त्रीले महत्त्वाकांक्षी योजना मात्र सुनाए। उनले एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो—रेल सञ्चालन गर्ने, पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता कार्यक्रम पनि घोषणा गरे। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

तर, प्रधानमन्त्रीले आश्वासन दिएअनुसार कुनै पनि योजनामा सरकारको तयारी छैन। प्रधानमन्त्री भन्छन्– विपक्षीले थाहा पाउंछन् भनेर सरकारले खुसुखुसु काम गरिरहेको छ। यसबारे उनले शुक्रबार पनि यसो भने, ‘परिणाममा देखिने गरी सरकारले केही विशेष काम गर्दै छ । काम गर्नुअघि यस्तो वा त्यस्तो गरिन्छ भन्दा अवरोध बढी हुँदो रहेछ। अहिले म केही भन्दिनँ, केही समयपछि परिणाममै देख्नुहुनेछ । काम गर्ने योजना सँगसँगै असफल पार्ने योजना पनि आउँछन्, त्यसैले हल्ला र प्रचार नगरी खुसुखुसु काम गर्नतिर सरकार लागेको छ।’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10468