यि ५ डनहरुको के हुदैछ मुद्दा?

अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पाँच डनको मुद्दा फैसला अन्तिम चरणमा पुगेको छ।

सम्पत्ति शुद्दीकरण विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको अभियोगमा गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्द ०७० जेठमा दायर गरेको मुद्दा फैसला अन्तिम चरणमा पुगेको खबर आजको नागरिक दैनिकले छापेको छ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय प्रभा वस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले आइतबार लामाको मुद्दामा अन्तिम फैसला गर्नका लागि पक्ष र विपक्षका कानुन व्यवसायीसँग बहस नोट माग्ने आदेश दिएको छ।





Comments

comments

Leave a Reply

10501