मुम्बई हल्लाउने नेपाली चोर!

फाटफुट पटके चोरी त भइरहन्छन् । तर, एउटा चोरीले नेपाल मात्र होइन, छिमेकी भारतको फिल्मी नगरीसम्मै तरंग ल्याएको छ। भारतको महाराष्ट्र मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश परदेशमै फैलिएको छ।

१८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्राए, तर त्यसअघि नै प्रहरीको फन्दामा परे। प्रहरीले घटनामा संलग्न ४ मध्ये २ जनालाई नियन्त्रणमा लिएको खबर आजको कान्तिपुर दैनिकमा छ।

उनीहरुबाट ६० लाख ४ हजार पाँच सय भारु बरामद भएको छ। बरामद रकमसहित प्रहरीले आइतबार दैलेख सिंहसैन ७ का लक्ष्मण मनिने लव शाही र जगतजंग शाहीलाई सार्वजनिक गरेको छ। मास्टर प्लानरका रुपमा चिनाइएका उपेन्द्र शामी र अछाम कालेडाँडा राकुगाउँका भर शाही भने फरार छन्।





Comments

comments

Leave a Reply

10615