केटीलाई अश्लील फोटो पठाउंदा प्रहरीको खोरमा

अपरिचित युवतीसँग फेसबुकमा साथी बनी अश्लील फोटो पठाएर यातना दिने रोविनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

यादवलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाइएको छ। उनले १५ भन्दा धेरै युवतीलाई बारम्बार अश्लील फोटो पठाई दु:ख दिने गरेका थिए।

करिब दुई महिनाको अनुसन्धानपछि सिआइबीले उनलाई २६ पुसमा पक्राउ गरेको हो। धेरैको उजुरीपछि अनुसन्धान धेरैजना पीडितले उजुरी दिएपछि सिआइबीले अनुसन्धान गरेको खबर नयाँपत्रिका दैनिकले छापेको छ।

संगठित समूहले नै त्यसरी दु:ख दिएको आशंकामा सिआइबीले अनुसन्धान गरेकोमा साधारण युवकको काम भएको खुलेको हो। पक्राउ परेका यादव मानसिक बिरामी भएको उनको परिवारले जनाएको छ। फेसबुकबाट हुने अपराध बढ्यो पछिल्लो समय फेसबुकबाट हुने अपराध निकै बढेका छन्।

युवतीको नाममा फेसुबक खोली प्रेमको नाटक गरेर ठगी गर्ने दुई युवकलाई गत बुधबार मात्र प्रहरीले पक्राउ गरेको थियो। विक्रम ज्ञवाली र केविन केसीले सुवास्ना गौतमको नाममा केटीको फोटो राखी फेसबुक खोलेर रोशन गुप्तासँग प्रेमको नाटक गरी चार लाख १७ हजार ठगेका थिए।

वेलावेला केटीहरूसँग फोनमा कुरासमेत गराई विश्वासमा पारेर त्यसरी ठगी गर्ने ज्ञवाली र केसी हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।





Comments

comments

Leave a Reply

10632