आहा! राराको उपाधि मनाङलाई, उत्कृष्ट खेलाडी विश्वास श्रेष्ठ

डेढबर्षमा आर्मीसंग वदला लिदा मनाङले आहा राराको उपाधि चुम्यो
उत्कृष्ट खेलाडीमा मनाङका विश्वास श्रेष्ठलाई स्कुटर, भाग्यशालि दर्शकमा भद्रकालीका प्रकाशलाई एक तोला सुनको औठी

दिनानाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १६, माघ। विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई करीब डेढ बर्षको अन्तरालमा पहिलो पटक पराजित गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीले १४ औं संस्करणको आहा रारा गोल्ड कपको उपाधि चुमेको छ। शनिबार १५ हजार भन्दा बढी दर्शकहरु माझ पोखरा रंगशालामा भरीभराउ भएको फाईनल खेलमा १–० को कठिन जित निकाल्दै मनाङले आर्मिसंग वदला लिदा यस सिजनमा पहिलो उपाधि चुम्न सफल भएको हो।

उत्कृष्ट खेलाडीमा मनाङका विश्वास श्रेष्ठलाई स्कुटर। तस्वीरः दिनानाथ बराल / एचकेनेपाल डट कम

खेलको ४७ औं मिनेटमा शुभास गुरुङले गरेको निर्णायक गोलको मद्धतले मनाङले उपाधि सहित ५ लाख एक हजार साथमा ट्रफि प्राप्त गर्न सफल भयो। मनाङका कप्तान अनिल गुरुङको पासमा उनले गोल गरेका हुन्। आहा राराको ईतिहासमा अघिल्ला लगातार दुई संस्करणा उपविजेता हुदै आएको मनाङले यस बर्षको आहा रारा गोल्ड कप जितेसंगै चौथो पटक उपाधि जित्न सफल भयो। खेला म्यान अफ दी म्याचको उपाधि मनाङका किरण चेम्जोङले पाए। आहा रारा गोल्ड कप फुटवल प्रतियोगितामा दुई पटक फाईनलमा यात्रा तय गरेर पनि उपविजेतामै सिमित भएको आर्मीले मनाङ बिरुद्धको खेलमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततः यस पाली पनि उपविजेतामै सिमित हुनु पर्यो । उपविजेता भएको आर्मीले २ लाख ५१ हजार एक रुपैया साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो।

डेढ बर्षको अन्तरालमा ५ खेलमा आर्मीसंग पराजित र एक खेलमा बराबरी खेलेको मनाङले पोखरेली दर्शकको हुटिङको साथले वदला लिने मौका सदुपयोग गर्न सफल भयो। पोखराको मैदान आर्मिलाई भन्दा बढी फापेको मनाङले आहा राराको दुई संस्करणमा आर्मी बिरुद्धको दुई खेलमा तगारो हाल्न सफल भएको थियो। आर्मीका भरत खवास, पदम तामाङ र रवि गुरुङले पाएका केहि अवसरहरु गोलमा परिणत हुन नसक्दा यस बर्ष पनि पोखराको मैदानमा मनाङ बिरुद्धको खेलमा जित निकाल्न फलामको चिउरा चपाए सरी भयो। त्यो त मनाङले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर फराकिलो पार्न चुक्यो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी मनाङका विश्वास श्रेष्ठ घोषित भए । उनले एक थान स्कुटर पुरस्कार प्राप्त गर्न सफल भएका हुन । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा मनाङका किरण चेम्जोङ, उत्कृष्ट डिफेन्समा आर्मीका हरीनारायण मगर, उत्कृष्ट मिडफिल्डरमा आर्मीका दिप लामा, उत्कृष्ट स्टाईकरमा मनाङका ओलावाले, उत्कृष्ट प्रशिक्षकमा मनाङका छिरीङ लोप्साङ गुरुङ, सर्वाधिक गोलकर्तामा मनाङका ओलालवाले उपाधि हात पारे । प्रतियोगिता अवधिभर ह्याट्रिक सहित ४ गोल गरेका ओलावालेले ट्रफिको साथमा २५ हजार प्राप्त गरे भने अन्य विधामा जनहि १५ हजार साथमा ट्रफि वितरण गरीएको हो । प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागिता भएकोमा आयोजक सहारा क्लव अनुसासित टिम घोषित भयो । सहाराले १५ हजार प्राप्त गर्न सफल भयो।

आर्मीका प्रशिक्षक मेघराज केसीले दुबै टिमले मेहनत गर्दा गर्दै विपक्षीको एकै अवसरमै गोल भएको कारणले गर्दा आफूहरु पराजित हुनु परेको बताए । मनाङका प्रशिक्षक छिरीङ लोप्साङ गुरुङले आफ्ना खेलाडीहरुले उत्कृष्ट खेलेको कारण जसमध्य गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्न सफल भएको कारणले जित भएको दाबी गरे।

हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा पोखरामा शनिबार उक्त प्रतियोगिता अवलोकन गर्नं दर्शकहरुले एक सय ५० रुपैयाको टिकट काटेका थिए । पोखरा भद्रकाली निवासि प्रकाश कुमार श्रेष्ठले भाग्यशाली दर्शकको पुरस्कार स्वरुप एक तोला सुनको औठी उपहार प्राप्त गर्न सफल भए । उनले आहा रारामा एउटा सेमिफाईनल र शनिबारको फाईनल खेलको टिकट काटेर फुटवल हेर्न रंगशालामा पुगेका थिए । उनको टिकट नम्वर ७४२३१ रहेको थियो । उनले यस अघि खासै फुटवल हेर्ने गरेका थिएनन। आफ्नै करले साथीहरुसंग फुटवल हेर्न रंगशालामा आएको उनले बताए।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ ११ दिनको उक्त खेलबाट क्लवले करीब एक करोडको कारोवार गरी बचत रकम सहारा एकेडेमीको सहयोगार्थ खर्चने भएको प्रतियोगिता संयोजक केशव बहादुर थापाले बताए। सहारा एकेडेमीमा हाल १६ जिल्लाबाट सहभागी भएका २६ जना वालकहरुको भरणपोषण हुदै आएको क्लवका अध्यक्ष बिरभद्र आचार्यले बताए। उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरु एवं शुभेच्छुकहरुमा उनले आभार व्यक्त गरेका छन्।

विजयी खेलाडीहरुको टोलीलाई कार्यक्रमको प्रमुख आमन्त्रित व्यत्ति उद्योगपति तथा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसी, हिमश्री प्रालिका निर्देशक प्रकाश केसी, किरण केसी, रोशन केसी, संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङ, एन्फाका उपमहासचिव गणेश बहादुर भट्टराई, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङ, एनआरएन वेलायतका अध्यक्ष मुछेत्र गुरुङ, सहारा एफ.सी .युकेका अध्यक्ष नविन गुरुङ, पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी, पृथ्बीराजमार्ग वस संचालक समितिका अध्यक्ष एन कुमार साई, सशस्त्र प्रहरीका डिआईजी जानकीराज भट्टराई, खेलकुद पत्रकार मञ्च कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, सहारा क्लवका सल्लाहकार परिषदका अध्यक्ष विक्रम थकाली, क्लवका अध्यक्ष विरभद्र आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम । थप तस्वीरहरु यहाँ हेर्नुहोस्




Comments

comments

Leave a Reply

10661