सरकारले नै सघाउंदैछ, सुमार्गीको कालो धन ११ अर्ब भित्राउन

सरकारले व्यापारी अजेय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन सकिने स्वीकृति दिने गृहकार्य थालेको छ।

राष्ट्र बैंक र संसद्को अर्थ समितिको निर्देशनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल खडा गरी अनुसन्धान गरिरहेको विषयको लगानी खुल्ला गर्ने गृहकार्य सुरु भएको खबर आजको कान्तिपुर दैनिकमा छ।

अर्थ मन्त्रालय र उद्योग विभागले करिब ११ अर्ब रुपैयाँको उक्त रकम ल्याउने चाँजोपाँजो मिलाइदिन राष्ट्र बैंकलाई छुट्टाछुट्टै पत्र पठाएका छन् । करिब ४ वर्षअघि सुमार्गीले छुट्टाछुट्टै प्रस्ताव पेस गरी साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डको कम्पनीबाट ल्याउन लागेको रकम प्रक्रिया पूरा नगरेको भन्दै राष्ट्र बैंक र उद्योग विभागले भित्राउन अनुमति दिएका थिएनन। ११ अर्बमध्ये करिब ३ अर्ब रुपैयाँ सुमार्गीले अनुमति नलिई नेपाली बैंकमा जम्मा गरिसकेका छन् । राष्ट्र बैंकले उक्त रकमको कारोबारसमेत रोक्का गरेको छ।





Comments

comments

Leave a Reply

10827