एनआरएन अमेरिकामा भाँडभैलो

श्रीजना अर्याल –
विश्वको सर्वशक्तिमान र सम्पन्न मुलुक अमेरिकामा रातारात आफ्नो उपस्थिती जनाएको एनआरएन एसीसी युएसए गत निर्वाचनदेखि विवादमा आएका समाचारहरुको मसी सुक्न नपाउँदै निर्वाचन र नियुक्तिमा अनियमितता, नातावाद क्रिपावाद र फरियावादमा चुर्लुम्म डुबेको पर्यवेक्षकहरु बताउँछन्।

व्यापक असन्तुष्टीको बीच अध्यक्षको पगरी गुथेका डा केशव पौडेल र उहाँका आसेपासेहरु हाल आएर बिबादको ठूलो भुमरिमा फसेको समाचार छ।

स्मरण रहोस् डा केशव पौडेल र केही चतुर सकुनीहरुको मेलोमतोमा एकै ठेगानाबाट सयौँ मत खसाइ व्यापक धाँदलीको बीच जबरजस्ती आफू र आफ्ना पिछ्लग्गुहरुलाई जिताएको आरोपमा यो समिति मुद्दा खेप्दै आएको छ। बर्षौदेखि अमेरिकामा सेवारत रहेका सम्मानित व्यक्तित्वहरु निर्वाचनमा हारेको कुरालाई स्वभाविक रुपमा लिन सकिए पनि जुन मत उहाँहरुले प्राप्त गर्नु भयो भन्ने घोषणा गरियो सो अत्यन्त अस्वभाविक मात्र नभएर अनियमितताको कुरुप उदाहरण मानिएको छ।

अध्यक्ष डा. केशब पौडेल आफूलाई जनसंपर्क समिति अमेरिकाको पक्का समर्थक हुँ भन्दै सबै प्रजातान्त्रिक बिचार राख्ने मतदाताहरुबाट मत कुम्ल्याएका थिए तर पछि उनले आफूलाई जनसंपर्क समितिका नेतृत्वलाई चिने नचिनेको व्यवहार गरेकोले उनको हैसियत र नैतिकतामा प्रश्न उठेको थियो र कटु आलोचना भएको थियो।

यिनै परिप्रेक्ष्यमा डा पौडेल र उनका भित्रियाहरुको मेलोमतोमा अन्धाधुन्द मनोनयन गर्दै प्रजातान्त्रिक सिद्धान्तको धज्जी उडाउँदै बिगतमा गरेका अपवित्र गठबन्धनको सर्त पुरा गर्न व्यस्त रहेको बताइन्छ। समाजमा अत्यन्त विवादित र आलोचित व्यक्तित्व, संस्था र समाजमा खासै उल्लेखनिय योगदान नपुर्याएका व्यक्तिहरुलाई काखा र एनआरएनलाई हृदयदेखि सच्चा योग्दान पुर्याउनेहरुलाई पाखा लाउने कुटिल नितीको ब्यापक बिरोध भईरहेको समाचार छ। विश्वस्त सुत्रले जनाए अनुसार जनसंपर्क समितिका दुई तिहाइ भन्दा धेरै सदस्यहरु डा पौडेल र उनका प्रमुख सहयोगीलाई जनसंपर्क समितिलाई कमजोर बनाउने अनुशासनहिन कार्यहरु गरेकाले जनसंपर्क समितिका सदस्यहरुको अत्याधिक बहुमतले दुबैलाई साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गर्ने माग गरेका छन।

हाम्रा प्रतिनिधिले सोधेको एक प्रश्नमा एक सदस्यले भने , ” एनआरएन युएसले गरेको एउटै मात्र सकारात्मक कार्य भनेको व्हाइट हाउस सल्लाहकार रन्जिता श्रेष्ठलाई सल्लाहकारमा मनोनयन हो, तर यो उहाँको सम्मतिले भएको हो वा होइन स्प्ष्ट छैन।“ यस्तो विश्वासको संकट रहेको अवस्थामा एनआरएनको बाँकी कार्यकालमा हुने कुनै पनि कार्यक्रमहरुमामा सहभागिता शून्यबराबर हुने पर्यवेक्षकहरुले अनुमान गरेका छन्।

[email protected]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10882