हङकङ झडपमा ९० घाइते, २ राउण्ड गोली चल्यो

एजेन्सी – हङकङको मङ कोकमा प्रहरी र स्थानीय व्यापारीबीच भिडन्त हुँदा ९० जनाभन्दा बढी घाइते भएका छन्।

५४ जना पक्राउ परेका छन्। प्रहरीले चिनियाँ नयाँ वर्ष मनाउन भनेर एक व्यस्त चोकमा राखिएका फुड स्टलहरु हटाएपछि हिंसात्मक भिडन्त भड्केको थियो।

क्षुब्ध प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेका थिए। प्रहरीले चाहिँ लाठी प्रहार गर्दै अश्रूग्याससमेत छोड्यो। अनि चेतावनीस्वरुप दुईपटक हवाईफायर समेत गर्यो। प्रहरीका अनुसार दर्जनौं प्रहरी अधिकारी र पत्रकारसमेत घाइते भएको खबर कान्तिपुर दैनिकमा छ।


फोटोः AJE News

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11015