‘नमस्ते युरोप’ दम्पति कार्यक्रमको सयौं श्रृंखलाको खुशियाली यसरी मनाइयो

रोशन मेवाहाङ-
लण्डन ५ फाल्गुण । लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजन गोर्खा च्यानलले नमस्ते युरोप दम्पतिको सफलताको सयौं भागको खुशियाली एक कार्यक्रमको आयोजना गरि मनाईएको छ।

खुशियाली उत्सवमा लण्डनका निमित्त कार्यवाहक राजदुत तेज वहादुर क्षेत्रीलाई प्रमुख अथितीमा बोलाईएको थियो।

वेलायत जस्तो व्यस्त जीवनमा दम्पतिहरु विच समय दिन नसकिरहेकोले कार्यक्रमकै सिलसिलामा भएपनि आपसमा गासिएको प्रेम व्यक्त होस भन्ने उद्देश्यले सुरु गरिएको दम्पति कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।

नेपाली टेलिविज़न गोर्खा च्यानले सन् २०१३ सेप्टेम्बरदेखि प्रसारण गर्दै आएको दम्पति कार्यक्रमले उत्कृष्ट दम्पतिको रुपमा चौथो श्रृखलामा कुराकानी गरिएका दम्पति डा. शेष धले र श्रीमती जमुना धलेलाई सम्मान गरिएको छ।

उत्कृष्ट दम्पतिको अवार्ड सगैं श्री लक्की ज्वेर्लसका तर्फवाट डेढ तोलाको प्रणय दिवसको उपलक्ष्यमा पिरतीको “औठी” उपहार स्वरुप प्रदान गरिएको कार्यक्रममा “दम्पति अफ दि नाइट” मा नरेन्द्र तामाङ र अन्जना गुरुङको जोडी चुनिएको अवसरमा इटलीको भेनीस ट्राभल कन्सोलले आवत जावतको हवाई टिकट उपहार दिएका छन्।

उत्कृष्ट फेसन डिज़ाइनर चांद लामा र जाङमु सेर्पालाई लण्डनस्थित फेसन हाउसका तर्फवाट आकर्षक पुरस्कार हयाम्पर प्रदान गरिएको थियो । सयौ श्रृखलामध्ये सवै भन्दा वढि युटयुवमा हेरिएको जोडी विजय घिमिरे र प्रति थापा घिमिरेले युटयुव अवार्ड प्राप्त गरेका थिए भने एभरेष्ट इनको तर्फवाट गीफ्ट हाम्पर हात पारेका छन्।

कार्यक्रममा वेलातका मिडिया संसारमा आर्थिक र भौतिकरुपमा महत्वपूर्ण योगदान दिनुहुने वालजंग अर्याललाई “मेन अफ द मिडिया” अवार्डवाट सम्मान गरिएको छ ।

पहिलो नेपाली तारा दिपक लिम्वुलाई समेत सम्मान गरिएको कार्यक्रममा दम्पतिको सुरुवाती दिनको वारेमा बोल्दै च्यानल पत्रकार (चरि चुच्चे च) राजेन्द्र भटले सवैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

च्यानलको उक्त उत्सव कार्यक्रममा प्रस्तोता विमला सेनेले आफनो अनुभव सुनाउदै विशेष अतिथिको रुपमा एनआरएन आइसीसी युरोप संयोजक कुल आचार्य , एनआरएन आइसीसी सल्लाहकार डमर घले ,एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङलाई विशेष सम्मानका साथ स्वागत गरेकी थिईन् । निसा गुरुङले संयोजन गरिएको कार्यक्रममा सहभागि दम्पतिहरुले आकार्षक फेसन सो समेत प्रस्तुत गरेका थिए ।

फेसन सोलाई लण्डन फेसन हाउसकी निर्देशक मनिषा डङोलले संयोजन गरेकी थिइन् । कार्यक्रममा सुरभी व्युटी पार्लर, गोल्नसीन रेष्टुरेन्ट, हिमालयन स्पाइस रेष्टुरेन्ट, नमस्ते एक्सप्रेस सुपरमार्केट, निरमाया रोधीघर लगायले प्रायोजन गरिएको उपहारहरुलाई रयाफल ड्र मार्फत सहभागि दम्पतिहरुलाई हस्तान्तरण गरिएको थियो।

सभामा उपस्थित दम्पतिहरुलाई मनोरन्जन प्रदान गर्न पहिलो नेपाली तारा दिपक लिम्वुले प्रेम गीतहरु प्रस्तुत गरेका थिए भने सपन कुमार राई ,सर्मिला वर्दैवा र सितु खरेलले कर्णप्रिय गीतहरु पस्किएको कार्यक्रमलाई श्रद्धा गुरुङले संचालन गरेकी थिइन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11147