यूएईबाट ‘मिस यु सानू’ नेपाली म्युजिक भिडियो सार्वजनिक

जे.सागर/ एचकेनेपाल डट कम –
यूएई। गायक तथा संगीतकार निश्चल श्रीको गीति संग्रह ‘मिस यु सानू’मा रहेको गीत ‘माया गर्छु तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

विगत केही वर्ष यतादेखि यूएईलाई कर्मथलो बनाउँदै सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय श्रीको उक्त गीतमा सागर कार्कीको शब्द रहेको छ भने संगीत तथा स्वर श्री स्वयंको रहेको छ।

यूएईको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस भिडियोमा यूएईमै कार्यरत जीवन गुरुङ र सबिता सुवेदीले अभिनय गरेका छन् । सन्ध्या म्युजिकको प्रस्तुति रहेको भिडियोलाई गायक तथा संगीतकार श्री र मोडल गुरुङले निर्देशन गरेका हुन्।

अमर पोखरेली गुरुङको म्युजिक एरेन्ज तथा आशिकी क्लिक्स र जीवन गुरुङको सम्पादन रहेको भिडियो प्रणय दिवसको अवसर पारेर गत १४ फेब्रुअरीको दिन युट्युब मार्फत सार्वजनिक गरिएको थियो।

भिडियो लिंक
https://youtu.be/zBNsOo4B_K4

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11151