‘लुट’ फिल्मका निर्देशक निश्चल र नायिका स्वस्तिमा विबाह बन्धनमा

‘लुट’ फिल्मका निर्देशक निश्चल बस्नेतले नायिका एवं मोडल स्वस्तिमा खड्कालाई वैधानिक रूपमै जीवनसाथी बनाएका छन्।

‘होस्टेल रिटर्न्स’ फिल्मबाट डेब्यु गरेकी स्वस्तिमालाई बुधबार निश्चलले सिन्दूर हालेका हुन्। निश्चलभन्दा स्वस्तिमा १४ वर्ष कान्छी छिन्।

परिवारका सदस्य र केही चलचित्रकर्मीको उपस्थितिमा काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरूले विवाह गरेका हुन्। ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’को निर्माणसँगै नेपाली चलचित्र निर्देशनमा निश्चल बस्नेत चर्चाको नाम बनेको छ। नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11158