राई इज किङ आईपुगे युके …

एचकेनेपाल डट कम संवाददाता –
हेथ्रो, युके। आफ्नो मिनी वर्ल्ड टुरको क्रममा मलेसिया र साईप्रसको धमाकादार प्रस्तुतीपछि गायक राजेशपायल राई युकेको चिसो मौसमलाई तताउन आज युकेमा पाइला राखेका छन्।

हेथ्रो विमानस्थलमा गायक राईलाई आयोजकद्वय बीसी राई र गंगाराज राईले न्यानो स्वागत गरे। राजेशपायल राई युके टुर २०१६ नाम दिएको यस सांगीतिक टुरलाई सफल बनाउन कुनै कसर नराख्ने र कार्यक्रम भव्य हुनेमा दुई राई ढुक्क देखिन्थे।

कार्यक्रम यही आउंदो फेब्रुवरी २१ मा फार्मबोरग, २७ मा अशफोर्ड र मार्च ५ मा रिडिङमा हुदैछ।

उक्त कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने आयोजक बीसी राईले बताए।

यो पनि हेर्नुहोस्ः
साइप्रसमा नेपालिज धमाका भब्यरुपमा सम्पन्न: राई इज किङ युवतीहरुको घेरामा





Comments

comments

Leave a Reply

11161