राजधानीमा भित्रियो ‘हङकङ फ्लु’, के हो त हङकङ फ्लु?

काठमाडौं– राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन्।

मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको खबर आजको नागरिक दैनिकमा छ।

राजधानी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन्। फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको अस्पतालले जनाएको छ। अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुगमन छ।

अन्य सामान्य फ्लुमा लगातार खोकी , घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या, १०२ डिग्री भन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन्। तिनका भाइरसले रोगप्रतिरोधी क्षता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन्।

हङकङफ्लुले भने युवक र अन्य स्वास्थ्य समस्या नभएकालाई पनि गम्भिर असर गरिरहेको टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

के हो त हङकङ फ्लु?
मौसमी रुघाखोकीअन्तर्गत पर्ने ‘हङकङ फ्लु’ मुलुकका विभिन्न ठाउँमा देखिएको छ। इन्फ्लुएन्जा–ए भाइरस ‘एच३ एन२’ लाई हङकङ फ्लुको नामले चिनिन्छ। तर, यसबाट आत्तिनु नपर्ने चिकित्सकहरूले बताएका छन्। यो मौसमी रुघाखोकी जस्तै सामान्य भइसकेको छ।

यो रुघाखोकी सन् १९६८ मा हङकङमा महामारीकै रूपमा देखिएर सन् १९७० सम्म चलेको थियो। हङकङ फ्लुले १० देखि ४० लाख व्यक्तिको मृत्यु भएको अनुमान छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले गत वर्ष स्वाइन फ्लु बढी देखिएकोमा यसपटक एच३ एन२ (हङकङ फ्लु) बढी देखिएको बताइन्। उनका अनुसार रुघाखोकीका तीनवटै प्रकार स्वाइन फ्लु, हङकङ फ्लु र इन्फ्लुएन्जा बीलाई मौसमी रुघाखोकी भन्ने गरिन्छ।





Comments

comments

Leave a Reply

11190