युकेको चिसो मौसमलाई तताए राई इज किङले

एचकेनेपाल डट कम संवाददाता –
लण्डन। हो, यस्तै भयो लण्डनको चिसो हिटरले मात्र थाम्ने जाडोलाई आइतवार राई इज किङले याने कि राजेशपायल राई एक्लैले तताई दिए।

प्रसंग हो, फेब्रुवरी २१ तारिखको दिन फार्मबोरग युकेको हलमा भएको पायलको भव्य लाईभ कन्सर्टको।

आयोजक बीसी राई र गंगाराज राईको आयोजनामा भव्य एवं सभ्य अनि दर्शकको सबैभन्दा बढी सहभागिता देखियो आइतवारको साँझमा। हुन पनि पायलले २५/३० वटा गीत प्रस्तुत गरेर अचम्मै तुल्याए युकेबासीलाई।

के बृद्ध के बालक के टिनेज सबैको मन जिते राईले। उक्त कार्यक्रममा राईले नाई नभन्नु ल ४, नाई नभन्नु ल २, फूलैफूलको मौसम तिमीलाई, बसमा छैन यो मन, शिरै फूल शिरबन्दीलगायतका गीत गाएर करीव ३ घण्टा मनोरञ्जन दिलाए।

कार्यक्रममा किरात राई यायोक्खाले कार्यक्रमाथि प्रकाश पारेका थिए भने स्थानीय कलाकार किसन राई र दीपक राईको प्रस्तुती पनि जोडदार रह्यो। युकेको साँगीतिक कार्यक्रमपछि राई अर्को कार्यक्रमको लागि हङकङ उड्ने छन्।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11201