छनोटमा नपरेपछि जनसम्पर्क पोर्चुगलकै बदनाम गराउने प्रयास


सुनिल श्रेष्ठ –
फेब्रुवरी २३ लिस्बन पोर्तुगल, नेपाली कांग्रेसको १३ औं महाधिबेसन नजिकिदै गर्दा देश भित्र मात्र होइन देश बाहिर पनि जनसम्पर्क समितिसंग आबद्ध हुनेहरुलाई मज्जाले तताएको छ। महाधिबेसन प्रतिनिधि/महासमिति सदस्य छनौट भै नया नेतृत्व चयन तथा नीति निर्माणमा सहभागी हुने इच्छा प्रकट गर्नु स्वभाबिक नै हो तर इच्छा प्रकट गर्दैमा सबै जना महाधिबेसन प्रतिनिधि/महासमिति सदस्यमा छनौट हुन कदापी सक्दैन यसका लागि संस्थाको लागि गरेको योगदानको साथ साथै बिधानमा ब्यबस्था भए अनुसारका प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ वा छनौट प्रक्रियामा भएका सहमति अनूसारको निर्णयहरुलाई स्वीकार गर्नु पर्ने हुन्छ तर बिडम्बना आफू अनुकूल निर्णय भए सबै ठीक नभए गलत भन्ने मनोरोगले नेपाली जन सम्पर्क समिति पोर्चुगलका केही व्यक्तिहरु ग्रसित भएका छन् र अन्तत संस्थालाई नै बदनाम गराउने उद्देस्यका साथ पुराना अग्रजहरु र कार्य समति माथि उल्टै हिलो छ्याप्ने घृणित कार्य समेत गर्न पछि परेनन्।

स्मरण रहोस माननीय सभासद, केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधी धनराज गुरुङ र माननीय सभासद, केन्द्रिय सदस्य गगन कुमार थापाको आतिथ्यतामा २०१५ मार्च २९ मा सम्पन्न जनसम्पर्क समिती पोर्चुगलको चौथो महाधिवेशनको बन्द सत्रले महासमिती सदस्य र महाधिवेशन प्रतिनिधी चयन गर्न सम्पूर्ण अधिकार कार्यसमितिलाई दिएको थियो। त्यसै अनुरुप अधिकार सम्पन्न कार्य समितिको पूर्ण बैठक द्वारा २०१६ फेब्रुवरी १५ मा सर्ब सहमतिको निर्णय अनुसार निम्नानुसारका व्यक्तिहरुलाई महासमिती सदस्य र महाधिवेशन प्रतिनिधी चयन गरिएको थियो

महासमिती सदस्य –
१. लक्ष्मि प्रसाद सापकोटा
२. पूर्ण बहादुर हमाल
३. चिज कुमार तामांग
महाधिवेशन प्रतिनिधि –
१. विनोद घिमिरे
२. भानु सापकोटा
३. शुशिल शर्मा गैरे
४. सुरेन्द्र अमागाई

यस अघि २०१६ फेब्रुवरी १५ मै कार्य समति ,सल्लाहकारहरु तथा क्रियाशील सदस्यहरुको भेलाले निर्देश गरे अनुसार १६ जना आकांक्षीहरुले निबेदन दर्ता गराएका थिए । यसरी संस्थाको लागि गरेको योगदानको मुल्यांकनका साथ साथै बिधानमा ब्यबस्था भए अनुसारका प्रक्रियाहरु पूरा गरि अधिकार सम्पन्न कार्य समितिको पूर्ण बैठक द्वारा गरिएको छनौटलाई आफु नपरे पछि खेम राज रानाभाट, मुक्ति नारायण श्रेष्ठ, राज कुमार गौतम लागतका केही ब्यतिहरुले दुइ चार जनाको कथित अबैधानिक भेला गराई भेलामा उपस्थित भएका सबै ब्याक्तिहरुको संख्या जोड्दा पनि महाधिबेधन जाने प्रतिनिधि नपुगे पछी २ बर्ष देखी पोर्चुगल छोडी नर्भेमा काम गरी हाल नेपालमा रहेका ( दुई प्रतिनिधि ) अन्य दुइ जना भेलामा उपस्थिति नभएका समेत गरि आफूले आफैलाई निर्णय गरि आफ्नो नजिक रहेका केही बिद्धुतीय संचार माध्यमको दुरुपयोग गर्दै भ्रम सिर्जना गरेको र संस्थाको हित बिपरित अत्यन्त घृणित कार्य गरेकोले नेपाली जन सम्पर्क समिति प्रति आस्थावान सम्पूर्ण ब्यतित्वहरुको आस्था र भरोसा माथि चोट पुग्न गएको कुरा आस्थावान जो कोहिले महसुस गरेको छ।

यस्तो घृणित नीच काम कोही कसैबाट कहिले पनि हुनु हुँदैन यस्तो कार्यहरुले संस्था र व्यक्ति कसैको पनि कहिले हित हुने छैन समयले यस्ता व्यक्ति र यस्ता कुराहरुको अबस्य चिरफार गर्नेछ सबैलाई चेतना भया !

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11218