जसले उड्दा उड्दै ज्यान गुमाए… हार्दिक श्रद्धाञ्जलि

अपडेटः हराएको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। दुर्घटनामा विमानमा सवार सबै २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भन्ने जंगलमा आगो लागेको अवस्थामा विमान भेटिएको हो।


जसले उड्दा उड्दै ज्यान गुमाए… हार्दिक श्रद्धाञ्जलि (तस्वीरमा वरिष्ठ पाइलट रोशन मानन्धर, परिचारिका रोमा राउत र को-पाइलट डिकेश नम्कुल)

म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले भिरमा रहेको रुखमा ठोक्किएर जहाज दुर्घटना भएको बताए। सबै शव जलेका हुनाले चिन्न सकिने अवस्थामा नरहेको उनले बताए।

विमान दुर्घटना भएको ठाउंमा प्रहरी टोली पुगिसकेको छ। उनीहरुले जलिरहेको अवस्थामा जहाज भेटिएको बताए। जहाज अझै जल्दै गरेको स्थानीय श्याम पुनले भने। केगरबुटाको खाल्टोमा विमान खसेको छ, उनले भने। प्रहरी, सेना सहितको टोली भन्दा पहिले त्यहाँ स्थानीय पुगेका थिए। विमान क्षतविक्षत अवस्थामा रहेको छ भने अहिले उद्धारकार्य जारी छ।


(विमान दुर्घटनामा निधन भएका वरिष्ठ पाइलट रोशन मानन्धर)

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बिहानदेखि सम्पर्कबिहीन थियो।

पोखरा विमानस्थलबाट बिहान उडेको 9NAHH कल साइन ट्विनटर बिमानमा २ बच्चासहित २० यात्रु र ३ चालक दल सदस्य गरि २३ जना सवार थिए।


को-पाइलट डिकेश नम्कुल

विमानमा चालक दलका तीन सदस्य क्याप्टेन रोशन मानन्धर, को-पाइलट डिकेस नेम्कुल र परिचारिका रोमा राउत थिए भने दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिक सवार थिए। विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन।


फाइल फोटो

यात्रुहरुको नाम यस प्रकार छ:
१) रेवती बराल
२) मुक्तिनाथ वास्तोला
३) विनिता भट्टचन
४) कृष्णलाल भट्टचन
५) दिलकुमारी गौचन
६) देविजंग गुरुङ
७) फन्जोक गुरुङ
८) लक्ष्मी हिराचन
९) मोति बहादुर केसी
१०) पवित्रा केसी
११) लेप्राङ लामा
१२) बालकृष्ण न्युरे
१३) कान्छा परियार
१४) डोल्मा छिरिङ शेर्पा
१५) राजकुमार तामाङ
१६) कमला थकाली
१७) Maksiuying चिनियाँ नागरिक
१८) Ralrashed Ahamed कुबेती नागरिक

चालक दल
क्याप्टेन: रोशन मानन्धर
को-पाइलट: डिकेस नेम्कुल
परिचारिका: रोमा राउत

बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको विमान उडान भरेपछि घोरेपानीसम्मको क्षेत्रमा सम्पर्क भएको र त्यसपछि सम्पर्क वाहिर गएको विमानस्थलले जनाएको छ।





Comments

comments

Leave a Reply

11234