२० लाख सुपारी दिएर बाबुको हत्या गर्ने छोरी भन्छिन्- मलाई पश्चताप छैन

टोखामा दुई साताअघि २० वर्षीय संगीता पाण्डे (महर्जन)ले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् । प्रहरीले पक्राउ गरेपछि उनी भन्छिन्, ‘बुबा मारेकोमा मलाई कुनै पश्चाताप छैन।’

अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले संगीता निर्मम युवती भएको बताए । ‘यस्तो किसिमको जब्बर युवती अहिलेसम्म भेटिएको थिएन, सम्पत्तिका लागि युवतीले आफ्नै बुबा मारेको खुल्दा विश्वासै लागेन,’ उनले भने ।

आमा र दाजुको पनि हत्या योजना
संगीताले २० माघमा भाडामा अपराधी लगाएर घरेलु हातहतियार प्रयोग गरी बुबाको हत्या गरेकी हुन् । सोही दिन आमा र दाजुको समेत हत्या गर्ने योजना उनको थियो । तर, भाडामा लिइएका युवकहरू डराएर भागेपछि उनको योजना पूरा भएन।

हत्याको २० दिनपछि प्रहरीले संगीता र उनका श्रीमान् सन्तोष पाण्डे र अन्य पाँचजना अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविना प्रेम–बिहे गरेकी थिइन् । तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए।

टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन्।

माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबाको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् । तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दा आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’ भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन्।

दाइजो नपाएको रिसमा २० लाखको सुपारी दिएर बाबुको हत्या
दाइजो नपाएको रिसमा भाडाका अपराधी प्रयोग गरी एक युवतीले राजधानीमा बुबाको हत्या गरेकी छिन्। नुवाकोट सुन्दरादेवीकी २० वर्षीया संगीता पाण्डे महर्जनले बुबाको सम्पत्ति खान २० लाख सुपारी दिएर ४३ वर्षीय बुबा माइला महर्जनको हत्या गरेकी हुन्।

२० लाखमा हत्याको सुपारी
बुबाको हत्याका लागि संगाीताले पाँच युवालाई २० लाख रुपैयाँ सुपारी कबोलेकी थिइन्। बानियाँटार बस्ने विक्रम तामाङले हन्या गर्न ५० लाख रुपैयाँ मागेकोमा २० लाख दिने सहमति भएको थियो। तर हत्यापछि पैसा भने उनीहरुले पाएका थिएनन्। तामाङले हत्यका लागि आफ्ना साथी तथा आफन्तहरु सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई लगाएका थिए। उनीहरु सवैलाई प्रहरीले पक्राउ गरेको छ। तीनैजनाको हत्या गर्नका लागि २० लाखको डिल गरिएको थियो। हत्यामा संलग्न दुई युवक फरार छन्।

पैसा नपाएपछि हत्या गर्ने अठोट
संगीताले दुईवर्षअघि नुवाकोटको सन्तोष पाण्डेसंग प्रेम विवाह गरेकी थिइन्। जसमा परिवारको सहमति थिएन। तर संगीताले दाइजोबापत केही पैसा चाहिने भनेर माग्दै आएकी थिइन्। व्इटिसियनसम्बन्धी तालिम लिएकाले उनले ब्युटीपार्लर खोल्न बुवासंग पैसा मागेकी थिइन्। पैसा नपाएपछि माइतीघरबाट बुबाको जग्गाको लालपूर्जासमेत चोरेर लगेकी थिइन्।

पटक पटक पैसा माग्दा बुबा पैसा दिन तयार नभएपछि आफूले हत्याको योजना बनाएको पक्राउ परेपछि संगीताले बयान दिएकी छिन्। उनले हत्याको योजना विक्रम तामाङलाई सुनाउँदै माइतीका सबैको हत्या गरे लाखौँको सम्पत्ति आफ्नो नाममा आउने र त्यसबाट २० लाख दिने प्रस्ताव राखेकी थिइन्। त्यसमा तामाङ सहमत भएपछि दुवै मिलेर हत्याको योजना बनाएका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11270