जलेको जहाज र लासका टुक्रा देख्दा सासै रोकिएजस्तो भयो

फुलकुमार थापा
प्रहरी जवान, जिप्रका, म्याग्दी
तारा एयरको विमान दुर्घटनाको सूचना पाउनासाथ हामी जिप्रका म्याग्दीबाट लोकेन्द्रसिंह गुरुङको नेतृत्वमा घटनास्थल खोज्न निस्कियौँ । स्थानीयको भनाइलाई आधार मानेर धेरै स्थान खोज्यौँ । खोज्ने क्रममा हामीले मेलाखर्कका केही स्थानीयलाई सोध्यौं।

आगो बलेको देख्यौँ भनेपछि उनीहरूको साथ लागेर हामी घटनास्थलतिर हिँड्यौँ । टिमका सबै समान हिँड्न नसकेका कारण म र हाम्रो हल्साव (चन्द्रबहादुर रावल) र केही स्थानीय पहिला दुर्घटनास्थल पुग्यौँ। नयाँपत्रिकामा खबर छ।

ओहो… शवका टुक्राहरू जताततै छरिएका ! जहाजमा आगो बलिरहेको ! के गर्ने के गर्ने भयो । जलेको जहाज र लासका टुक्रा देख्दा सासै रोकिएजस्तो भयो । विस्तारै कतै कोही मान्छे जिउँदो छ कि भनेर हेरें । तर, निकै पर–परसम्म पनि लासका टुक्रा मात्रै देखियो । जहाजमा निकै ठूलो राँको बलिरहेको थियो । कसैका हात मात्रै, कसैको टाउको आधा, कसैको खुट्टाको आधा भाग मात्र देखियो । पानी पर्लाजस्तो मौसम छ । बादल लागेको छ । कसरी लास संकलन गर्ने भन्ने विषयमा चिन्ता भएको छ । निकै भीर भएका कारण राम्ररी हिँड्न पनि सकिँदैन । निकै तल–तल लासका टुक्रा छन् । उद्धारमा आएको जहाज कराएको आवाज सुनिन्छ । तर, आकाशमा हेर्‍यो बादलले ढाकेको छ । हामी यहाँ टेकेको पाँच मिनेट पनि भएको छैन । अब हल्सा’ब र म सल्लाह गरेर के गर्ने भन्ने निर्णयमा पुगेर अगाडि बढ्छौँ।
(लामो प्रयासपछि एकैछिन सम्पर्क भएपछि थापासँग फेरि सम्पर्क हुन सकेन)

R.I. P. Hearty condolence to all the soul died in Tara air crash 😧😧😢😢

बिहेको मुखमा पुगेकी एयरहोस्टेस रमालाई मृत्यूले निल्यो
परिवारकी एक्ली छोरा थिइन् रमा राउत । साढे तीन वर्षदेखि तारा एयरमा एयरहोस्टेसका रूपमा कार्यरत थिइन् । सोमबार पोखरा गएकी उनको परिवारमा बिहेबारे सल्लाह हुँदै थियो । मंगलबार मात्र आफन्तसँग आमाले उनको बिहे गर्नेबारे छलफल गरेकी थिइन् । तर, एक्ली छोरी अन्माउने परिवारको सपना अधुरै रह्यो । बुधबार बिहानैदेखि कुलेश्वरको जनमैत्री कलेजकै गेटमा रहेको राउतको घर शोकमा डुबेको छ । बुधबार साँझ उनको निवासमा पुग्दा परिवारका सदस्य बोल्न नसक्ने अवस्थामा थिए । दाइ प्रमोद चितवन गएका थिए।

परिवारमा रमाका आमा र दुई भाइ छन्। एकजना मेगा बैंकमा तथा अर्को नेपाल प्रहरीमा कार्यरत छन् । बिहानैदेखि राउतको निवासमा सान्त्वना दिन आफन्तको भीड लागेको छ।





Comments

comments

Leave a Reply

11272