काष्टमण्डप एयरको विमान दुर्घटना, पाइलट र को-पाइलटको मृत्यु

सुर्खेतः पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज दुर्घटना भएको तीन दिन नबित्दै अर्को जहाज दुर्घटनामा परेको छ।

दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको छ। दुर्घटनापछि यात्रुहरुको अवस्था गम्भीर रहेको छ।

नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको ९ एन ए जेबी विमान अवतरणको क्रममा दुर्घटनामा परेको जनाइएको छ। विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।


पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना

प्रत्यक्षदर्शीका अनुसार विमान समथर भाग खेतमा दुर्घटना भएको हो। पाइलटले यात्रुलाई बचाउन खोजेको देखिन्छ, पहाडमा ठोक्किएको भए ठूलै मानवीय क्षति हुन सक्थ्यो, प्रत्यक्षदर्शीले भने। विमानको अगाडीको भाग भित्तामा जोतिएकोले पूरै ध्वस्त छ। विमानको एउटा पखेटा पूरै क्षतबिक्षत छ भने अर्को पनि भाँचिएको छ।

घाइते यात्रुका अनुसार २/३ पटक चुइगम पट्कै जस्तै गरी आवाज अाएपछि आकाशमै विमान अनियन्त्रि भएपछि यात्रुहरु रुने कराउने गरेका थिए। विमान चालकहरुले हामी मरेर भएपनि तपाईहरुलाई बचाउंछौं भन्दै आश्वसन दिदै थिए। चालकले कसो कसो समथर भागमा अवतरण गराएपनि अघिल्लो भाग जोतिएपछि गम्भीर घाइते पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना भने बाँच्न सकेनन्।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट अहिले दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मी पठाइ सकिएको छ।

विमानमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए। कालिकोटको पिलखायामा शुक्रबार दिउँसो दुर्घटनाग्रस्त भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधव नेपालले जानकारी दिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो।

दुर्घटनामा परेर बाँच्न सफल ९ यात्रुहरुको नामावलीः
जुम्ला चन्दननाथ नगरपालिका ६ का जगदम्बा खत्री गिरी र उनका १ वर्षीय छोरा अनिल गिरी,
जुम्ला चन्दननाथ नगरपालिका ६ का मेघराज गिरी,
चन्दननाथ नगरपालिका ५ का गणेश भट्टचन र उनकी १८ वर्षकी छोरी सोनाली भट्टचन
चन्दननाथ नगरपालिका ५ का धनाजय केसी,
चन्दननाथ ८ कार्कीवाडाकी लक्ष्मी सुनार,
जुम्लाको पद्मारा गाविसका लक्ष्मण खड्का
नुवाकोट थानसिंह गाविस ३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने धुव्रप्रसाद भण्डारी।

पाइलटले मरेर भएपनि बचाउँछु भनेका थिए (उज्यालोबाट)
कालिकोटको चिल्खायामा दुर्घटनामा परेको काष्ठमण्डप एयरलाइन्सको विमानका दुई चालकले आफ्नो ज्यान दिएर यात्रुको ज्यान बचाएका छन् ।

विमान दुर्घटनामा घाइते भएका यात्रु मेघराज गिरीका अनुसार विमानमा खराबि आएको थाहा पाएपछि आकस्मिक अवतरणको प्रयास गर्दै पाइलटले नआत्तिन यात्रुलाई आग्रह गरेका थिए ।

उनीहरुले पटकपटक आफूहरु मरेर भएपनि तपाइँहरुको ज्यान जोगाउँछौ भनेको घाइते यात्रु गिरीले टेलिफोनबाट जानकारी दिनुभयो । विमानको अघिल्लो भाग ठोक्किएर कुच्चिएको छ । घटना लगत्तै त्यहाँ पुगेका नन्द कटुवालका अनुसार एकजना चालकको ज्यान गइसकेको थियो भने अर्का पाइलटको प्राथमिक उपचार गर्दै गर्दा ज्यान गएको हो । घाइते अवस्थामा रहेका पाइलटले उपचार गर्न पटकपटक आग्रह गरेको पनि प्रत्यक्षदर्शी कटुवालले जानकारी दिनुभयो ।

यात्रु गिरीका अनुसार मान्मा लेक नजिकै पुग्दा नै विमानमा खराबी आएको महसुस गरिएको थियो । उडिरहेका बेला विमानको पंखा नचलेपछिचालकले आकस्मिक अवतरणको प्रयास गरेका थिए । ‘एक्कासी ठूलो आवाज आयो र पंखा बन्द भयो’ घाइते गिरीले भन्नुभयो, ‘अकस्मात विमानमा खराबी आएको थाहा पाएर हामी आत्तिदा पाइलटहरुले जसरी पनि अवतरण गराउछौँ भनेर नआत्तिन भनेका थिए।’





Comments

comments

Leave a Reply

11297