अतीतको आँखिझ्यालभित्र नियाल्दा लोकार्पण

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ – अनाम नगरस्थित बौद्ध तमु सेवासमिति भवनको हर्क सभाकक्षमा सुमलकुमार गुरुङद्वारा सिर्जित नविनतम् कृति “अतीतको आँखिझ्यालभित्र नियाल्दा”को विमोचन कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकारहरु तथा समाजसेवीहरुबीच सोमवार सम्पन्न कार्यक्रमलाई सगरमाथा टिभीका एडिटिङ व्यवस्थापक गणेशमान गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रमका नायक, सर्जक सुमलकुमार गुरुङले आसन ग्रहण गरेपछि प्रमुख अतिथि पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार भद्रकुमारी घले, विशेष अतिथि प्रा.डा. खगेन्द्र लुईटेल, अतिथिहरुमा क्रमशः वरिष्ठ साहित्यकार भाउपन्थि, अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेकपा एमालेका केन्द्रीय सदस्य विजय गुरुङ, पूर्व सदस्य सचिव राष्ट्रिय प्राकृत्तिक संरक्षण कोष, जुद्ध गुरुङ, तमुछोंजधिं राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, धर्मगुरु खिम्पो वागिन्द्र शिला, समाजसेवी दौपदी गुरुङ, साहित्यकार पवन आलोक, अनेसास केन्द्रीय महासचिव, गोवर्धन पूजालगायतका वरिष्ठ समाजसेवी, साहित्यकारहरु र मिडियाका व्यक्तित्वहरु उपस्थित थिए।

कार्यक्रमलाई अभिवादन तथा स्वागत सर्जककी धर्मपत्नि सारादेवी गुरुङले व्यक्त गरेकी थिईन्। शुभकामना मन्तव्य प्रकट गर्नु अघि कृतिको संक्षिप्त चिनारी तथा समिक्षा साहित्यकार तिलकप्रसाद शर्मा (भाउपन्थि)ले सटिक ढंगले परिभाषित गरेका थिए। उनले लेखकलाई आफूले व्यक्तिगत हिसाबले चिनेका तथा उनका कृतिहरुमा मौलिकता र यथार्थ भरिपूर्ण रहेको बताए। उनले यस भन्दा अघि प्रकाशित लेखकको कृति मेजर अर्जुनको औंठीबारे पनि संक्षिप्त जानकारी दिएका थिए जुन पुस्तकबाट लेखकले दुईवटा साहित्यिक पुरस्कारहरु जित्न सफल भएका थिए।

भाउपन्थिले लेखकभित्र व्यापक अनुभव रहेको हुनाले लेखन क्षेत्रमा सशक्त कलम दौडाउने उर्जा रहेको बताए। शुभकामना मन्तव्य प्रकट गर्नेहरुमा विजय गुरुङ रेशम गुरुङ, भद्र घले तथा प्रा.डा. खगेन्द्र लुईटेल थिए। अन्तमा कार्यक्रमका नायाक सुमलकुमार गुरुङले आफ्नो जीवन र कृतिबारे छोटो चर्चा गरेपछि सबैलाई आभार व्यक्त गर्दै धन्यवाद प्रकट गरेर कार्यक्रम समापन गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1133