पहिलो गुरुङ फिल्म अवार्ड सम्पन्न, नायिका मीरा गुरुङ, नायक बिमल गुरुङ र फिल्म भ्रें पपुलर घोषित

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १५ फागुन । गुरुङ चलचित्रको बीसवर्षे इतिहासमा पहिलो पटक जक्सन डट कमको आयोजनामा शनिवार पोखरामा प्रथम गुरुङ फिल्म अवार्ड २०७२ कार्यक्रम सम्पन्न भएको छ।

अवार्डमा सबैको आकर्षण रहेको पपुलर नायिकामा मीरा गुरुङ, नायकमा बिमल गुरुङ र चलचित्रमा भ्रें फिल्म दर्शकबाट छानिए । नायिका मीरा गुरुङ गुरुङले अभिनेत्रृहरु मध्ये ६७ प्रतिशत, नायक बिमल गुरुङले ६५, भ्रें चलचित्रले ७० प्रतिशत भोट प्राप्त गरेको घोषणा गरिएको थियो।

पपुलर घोषित मीरा गुरुङले प्रथम गुरुङ फिल्म अवार्ड २०७२ मा अवार्ड विजयी गराउन साथ सहयोग गराउने सम्पुर्ण दर्शक, शुभेच्छुक, शुभचिन्तक र आयोजक जक्सन डटकम संरक्षक जिफानलाई धन्यवाद दिनुहुदै आफु जहाँरहे पनि आफ्नो रगत रगतमा गुरुङ चलचित्र रहेको र चलचित्रलाई माया गरिदिन सबैलाई आग्रह गर्नुभयो।

पपुलर अभिनेता बिमल गुरुङको अवार्ड ग्रहण गर्नुभएका युक्तमान गुरुङले अवार्ड तमु चलचित्रको लागि अवार्ड भएको बताउनुभयो।

लाइफटाइम सम्मानबाट सम्मानित प्रितम गुरुङले गुरुङ समुदायले चलचित्रलाई साथ सहयोग, माया दिएकै आज आफू सम्मानित भएको बताउनुहुदै यो सम्मान समुदायको सम्पत्ति भएको बताउनुभयो।

यसरी नै दर्शक कलाकारको अवार्ड भिम गुरुङ घोषित हुनुभयो भने कृपा, छैली मुना जिन्दगी, म्ही थेवा, सुराग उत्कृष्ट चलचित्रहरु घोषित भए भने उत्कृष्ट नायक सुवास गुरुङ, सोम गुरुङ, बेदबहादुर गुरुङ(श्याम), गमन घले, उत्कृष्ट नायिकामा मनिषा गुरुङ, अनुता गुरुङ, सुनिता गुरुङ, र रजनी गुरुङ घोषित हुनुभयो ।

यसरी नै उत्कृष्ट निर्देशकहरुमा भोजबहादुर गुरुङ, माओत्सेतुंग गुरुङ( नेपाली, मातृभाषी दुवैमा), खुसबहादुर गुरुङ, विशेष चलचित्रको अवार्ड कहाँ विसाउन मनको भारी, क्रमु, ङ्रै ङ्हो, तिनागा, आस्यो, गेटपास, उत्कृष्ट लेखनमा माओत्से गुरुङ र इन्द्रकाजी गुरुङ घोषित हुनुभयो।

उत्कृष्ट छायांकारहरुमा युग गुरुङ(मातृभाषी, गुरुङ दुवैमा), भेष गुरुङ, सन्तोष कोन्मे, उत्कृष्ट सम्पादकमा दिपेश गुरुङ, भोजबहादुर गुरुङ, सन्तोष कोन्मे र प्रितम गुरुङ, उत्कृष्ठ संगीतकारहरुमा लोकबहादुर गुरुङ(चों), तेजेन्द्र गुरुङ(धीं), दुर्गा गुरुङ(म्ही थेवा), गणेश गुरुङ(अस्मिता), गायकहरुमा धनबहादुर गुरुङ(क्रमु), मनोज गुरुङ(धीं), शेरबहादुर गुरुङ( सोल्टी राजा), मनोज गुरुङ(यो कस्तो जमाना), उत्कृष्ट गायिकाहरुमा अञ्जना गुरुङ(म्हि थेवा), रिमा गुरुङ(प्हीरुमाला), ज्योति गुरुङ(सैं न्होर्बे म्रुस्यों), आस्यों(सर्मिला गुरुङ), उत्कृष्ठ हास्यकलाकारहरुमा बलबहादुर गुरुङ र गुञ्जबहादुर गुरुङ, उत्कृष्ठ द्धन्द्ध निर्देशकहरुमा भोजबहादुर गुरुङ र जनक गुरुङ, पाश्र्व संगीतमा धनबहादुर गुरुङ(क्रमु), धनबहादुर गुरुङ(आगे ठागु), उत्कृष्ठ गीतकार बेदबहादुर गुरुङ(चों), लोकबहादुर गुरुङ(प्ह्रेस्यों), प्रभु गुरुङ(सोल्टी राजा), गणेश गुरुङ(अस्मिता), उत्कृष्ठ निर्देशकहरुमा गोरे गुरुङ(कहाँ विसाउ मनको भारी), गोरे गुरुङ(नकईफु), गोरे गुरुङ(चों), धोज गुरुङ(आगे ठागु)ले अवार्ड प्राप्त गरे।

अवार्ड प्राप्त गरेका चलचित्रकर्मी र चलचित्रहरुलाई प्रमुख अतिथि गृहमन्त्री शक्तिबहादुर बस्नेत, महानायक राजेश हमाल, नायिका झरना थापा, नम्रता श्रेष्ठ, नविन सुब्बा, अमृत सुनुवार, युवराज मास्की लगायतका अतिथिहरुले अवार्ड वितरण गर्नुभएको थियो।

कार्यक्रममा पहिलो गुरुङ चलचित्रका नायकहरु प्रितम गुरुङ र खेम गुरुङ, नायिका अनु र विनिता गुरुङ सम्मानित, यसरी नै २०६०साल अघि बनेक गोठालो, धि धिरंबै बेथा,ङ्योई नासा ट्हो, म्ही सै, ङोल्स्यो, वाचा बन्धन, ह्युलय माया, रोधी, कासी, धिरबै ताँ, हेर्वे टलाई सम्मान गरिएको थियो।

यसरी नै निर्णायकहरु अनुप सुवेदी, पुस्कर गुरुङ, दीपेन्द्र लामा, रुपा राना, दिपक बज्राचार्य, गणेशमान गुरुङ, झरना थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकारहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि गृहमन्त्री शक्तिबहादुर बस्नेतले मन्तव्य व्यक्त गर्नुहुदै नेपालको विविधता मौलिक सम्पत्ति हो, उक्त सम्पति संरक्षण र विकासका लागि चलचित्र, खासगरी आदिवासी जनजाति चलचित्रले ठुलो योगदान पुर्याएको भन्नुहुदै जारी संविधाले विविधतालाई सम्मान गरेको दावी गर्नुभयो।

कार्यक्रममा महानायक राजेश हमाल, आदिवासी जनजाति चलचित्रका अगुवा नविन सुब्बा, आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत सुनुवार, नेपाल चलचित्र बोर्ड आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिका संयोजक युवराज मास्की, भुषण दाहाललगायतले शुभकामना व्यक्त गर्नुहुदै अवार्ड कार्यक्रमले चलचित्र विकासमा ठुलो योगदान पुर्याउने दावी गर्नुभएको थियो।

जक्सन डटकमका प्रवन्ध निर्देशक भुपालकुमार गुरुङको अध्यक्षता र स्वागत गरिएको कार्यक्रमको संचालन मनोज गुरुङ र माया गुरुङले गर्नुभएको थियो।

अवार्ड कार्यक्रममा २०६० देखि २०६५ सम्म र २०६५ देखि २०७० सम्म गरी दुई समयावधिका गुरुङ भाषी चलचित्र र गुरुङ विषयवस्तुमा निर्मित नेपाली चलचित्र गरी समूहगत रुपमा पुरस्कृत गरिएको थियो। अवार्ड कार्यक्रममा ७० अवार्डबाट चलचित्रकर्मी र चलचित्रहरु सम्मान गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11340