कोरियामा महिलाहरुले भब्यताका साथ तीज मनाए

रमेश खावाजु / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। दक्षिण कोरियामा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज भव्यताका साथ् मनाएका छन्।

दक्षिण कोरियामा हरेक बर्ष विभिन्न शिलशिलामा प्रवेश गरेका नेपाली महिलाहरु एकजुट भइ आफ्नो परम्परा तथा कला संस्कृति बचाउने उद्देश्यले तीजका कार्यक्रमहरु गर्दै आइरहेका छन्। यस बर्ष २४ अगस्त आइतबारका दिन दक्षिण कोरियाको राजधानी सउलस्थित दोङदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टमा नेपाली महिलाहरुको साझा संस्था वोमन फर वोमनले आयोजना गरेका हुन्।

कार्यक्रम सुरु हुनु अगाबैदेखि सुभेक्षा रेस्टुरेन्टमा बजिरहेको तीजको गितमा रातो साडी ,झपक्कै सुन चादीका गहना अनि हातभरी चुराले सजिएका केहि नेपाली महिलाहरुले भाका हाल्दै नाच्न थालिसकेका थिए। केहि महिलाहरुले गीत गाउदै ,ताली बजाउदै नाचिरहेका महिलाहरुलाई साथ् दिएका थिए। तीज कार्यक्रममा सहभागी हुन् आएका ३ जना फिलिपिनि तथा केहि कोरियन नागरिकहरुले पनि लोकभाकामा नाचेका नेपाली महिलाहरुलाई ताली बजाई साथ् दिदै निकै मनोरंजन लिएका थिए। २ जना फिलिपिनी महिलाहरु तथा केहि कोरियन नागरिकहरुले कोरियामा नेपाली महिलाहरु मिलेर आफ्नो परम्परा र कला संस्कृति बचाउन गरेको यो कार्यक्रम सर्हानिय तथा रमाइलो भएको बताए।

करिब दिउसो १२:३० देखि भएको तीज कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले पानसमा बती बाली औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि राजदूत कमान सिंह लामाले तीजको महत्व ,आज भोलि तीजमा भित्रिरहेको बिकृति,संबिधान सभामा समानुपातिक महिला अधिकार माग्नु पर्ने बिषयहरुमा बोलेका थिए। राजदूत लामाले दयनिय अवस्थामा रहेको कोरियाको वोमन फर वोमनद्वारा संचालित सेल्टरको कमि कमजोरीहरु औंल्याउदै, सुधार गर्नुपर्ने , काम गर्न सक्ने खुबी भएका महिलालाई सहयोग तथा नेतृत्व दिनु पर्ने बताउदै कोरियामा महिलाहरुको लागि सेल्टरको ब्यबस्था लागि सरकारी तवरबाट आफूले पहल गर्ने बताए।

कार्यक्रममा संस्थाकी सल्लाहकार गंगा थापा श्रेष्ठ, राजदूत पत्नि इन्द्रमाया तामाङ, जन सम्पर्क समितिका अध्यक्ष नवराज सिवाकोटी, नेपाली मञ्ज दक्षिण कोरियाका अध्यक्ष गोविन्द गाउँले, जनअधिकार मञ्चका अध्यक्ष सागर न्यौपाने ,सेंगिल चर्चका प्रमुख खु ,फोनिजका अध्यक्ष मञ्जु गुरुङलगायतले तीजको शुभकामना मन्तब्य राखेका थिए।

नेपाली राजदूताबासका उपनियोग राजाराम बर्तौला ,श्रम सहचारी अनिल गुरुङ ,नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनालीलागायत अन्य संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु सहभागी भएका थिए। वोमन फर वोमनका अध्यक्ष जुनु गुरुको सभापतिमा सम्पन्न भएको कार्यक्रम सपना सुनुवारले संचालन गरेकी थिइन् भने उपाध्यक्ष मल्लिका थकाली श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन्।

औपचारिक कार्यक्रमको समाप्तिपछि बेलुकासम्म सामुहिक नाचगान गर्दै रमाइलो गरेका थिए। दक्षिण कोरियाका स्थानीय लोक गायिका सरु पौड्याल तथा अन्य एकजना महिलाले दोहारी गीत गाएका थिए। कार्यक्रममा बिसौनी समूहका कलाकारहरुले मादल तथा अन्य नेपाली बाजाहरु बजाई साथ् दिएका थिए।

कार्यक्रममा सहभागी हुन् आएका शुष्मा ठकुरीले नेपालको विदेशमा पनि यसरी संगै बसेर नेपाली दिदीबहिनीहरुसित सामुहिक रुपमा तीज मनाउन पाउंदा एकदम खुसि लागेको बताइन्।

त्यसै गरि वोमन फर वोमनका अध्यक्ष जुनु गुरुङले कोरियामा नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा गरिएको कार्यक्रममा महिला दिदीहरुको उपस्थितिले कार्यक्रम एकदमै सफल भएको बताइन्। अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित भएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई , अन्य सहभागी महानुभाबहरुलाई धन्यबाद ब्यक्त गरिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1135